Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » आर्थिक लाभमा स्वालम्बन लघुवित्तद्वारा जग्गा फुकुवा

आर्थिक लाभमा स्वालम्बन लघुवित्तद्वारा जग्गा फुकुवा

जिल्ला प्रशासनमा मिटरब्याजीमा उजुरी, ४० लाखको जग्गा ९ लाखमा डाक लिलाम


आर्थिक लाभमा स्वालम्बन लघुवित्तद्वारा जग्गा फुकुवा

सिरहा, कार्तिक ३ गते । स्वालम्बन लघुवित्त वित्तिय संस्थाले आर्थिक लाभमा ऋणीलाई नसोधेरै जग्गा फुकुवा गरिदिएको तथ्य सार्वजनिक भएको छ । उक्त लघुवित्त संस्थाका प्रमुख कृपानन्द यादवले ऋणीसँग सोधपुछ नै नगरी अर्कै व्यक्तिलाई जग्गा फुकुवा गरेको चिट्ठी थमाई दिएका छन् ।
सिरहा नगरपालिका–१७ की दुर्गादेवी महतोले स्वालम्बन लघुवित्त संस्थावाट पाँच लाख रुपैयाँ ऋण लिएर किस्ता तिर्दै आएकी थिईन् । त्यस अगावै सिरहा नगरपालिका–१३ का शम्भू महतोसँग उनले एक लाख १० हजार रुपैयाँ सापटी लिएकी थिईन् । महतो वैदेशिक रोजगारमा जाने क्रममा दुर्गादेवीले तेब्बर गरी ३ लाखको तमसुक बनाई दिएकी थिईन् । शम्भू वैदेशिक रोजागरीवाट फर्किएर पुनः ३ लाखको तेब्बर गरी ९ लाखको कागज दुर्गादेवीसँग बनाएका थिए । घरायसी समस्याका कारण ऋण तिर्न ढिलाई भईरहँदा शम्भूले तेब्बरको तमसुक बनाए ।
तीन लाखको तमसुक पनि फिर्ता नगरेका शम्भूले अर्को तमसुक ९ लाखको बनाएर राखेका छन् । यस विचमा शम्भूले जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गराएर दुर्गादेवीको जग्गा हड्पेका छन् । जिल्ला अदालतवाट जग्गा डाक लिलाम गराएका शम्भूले स्वालम्बन लघुवित्तमा धित्तोमा राखिएर रोक्का गरिएका जग्गा लघुवित्तका प्रमुखसँगको मिलोमतोमा फुकुवा गराएको पीडित दुर्गादेवीले बताएकी छिन् ।
जिल्ला अदालत सिरहामा शम्भूले पूरानो तमसुक दर्ता गराएर जग्गा डाक लिलाम गराएका छन् । ९ लाखको नयाँ तमसुक उनले लुकाएर राखेको दुर्गादेवीले बताईन् । ४ लाख ५१ हजार ५ सय रुपैयाँको अदालतले ब्याज सहित ८ लाख ६३ हजार ८९८ रुपैयाँ कायम गरेको थियो । जस अनुसार शम्भूले दुर्गादेवीको नाउँमा रहेको जग्गाहरु पटेर्वा ९(क) ८६२ को १० धुर, ८७३ को ६ धुर, ८७५ को ६ धुर र पटेर्वा ८ को कित्ता २८ को ३ कट्ठा १० धुर जग्गा डाक गराएका छन् । यी जग्गाहरु स्थानीय चलनचल्ती अनुसार ४० लाख वढीको रहेको छ । चालिस लाख वढीको जग्गा शम्भूले करिब ९ लाखमा आफ्नो नाउँमा डाक गराएका छन् । दुर्गादेवीले अदालतले तोकेको रकम आफूले दिन तयार भएको बताउँदै गर्दा पनि शम्भूले जग्गा दाखा गराएको बताएकी छिन् ।
स्वालम्बन लघुवित्तले मातलोपतामा रोक्का राखेको जग्गा पनि शम्भूले मेरो ऋणको पैसा तिरेर फुकुवा गराएको र मालपोतमा दाखा गराएको दुर्गादेवीले बताएकी छिन् ।
संकटमा दुर्गादेवीको परिवार
दुर्गादेवीका श्रीमान रामउदगार महतो लामो समयदेखि पक्षघात (प्यारालाईसिस)को रोगवाटग्रस्त छन् । घरमा दुई छोरीहरु विद्यालयमा अध्ययनरत छन् । भएको जग्गाजमीन शम्भूले डाक गराएर आफूहरुलाई जीउने आधार नै समाप्त गरिदिएको दुर्गादेवीले सुनाईन् । श्रीमानको राम्रोसँग उपचार गराउन नसकको भन्दै उनले स्वालम्बनको कर्मचारीसँग मिलेर आफ्नो सम्पत्ति हडपन खोजेको बताएकी छन् ।
दुर्गादेवीले आफूले लिएको ऋण भन्दा वढीको तमसुक बनाएर राखेकोले जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी पनि दिएकी छिन् । जिल्ला प्रशासनमा उजुरी दिएपनि त्यसमा सुनुवाई हुन सकेको छैन् । यस विचमा शम्भूले गालीगलौज र कुटपिट पनि गरेको उनले बताएकी छिन् । जग्गा डाक लिलाम गराउने क्रममा उनले पटकपटक आफूलाई कुटपिट र गालीगलौज गरेको दुर्गादेवीले बताएकी छिन् ।
दशैंको मुखमा आफ्नो जग्गा हड्पने गरी लघुवित्तको कर्मचारीसँग मिलेर जग्गा फुकुवा गराएर दाखा गराएको भन्दै उनले न्यायको लागि चौतर्फी गुहार लगाएकी छिन् । एकातिर मिटरब्याजी शम्भूको चंगुलमा फसेकी उनी अर्कोतिर भएको जग्गा पनि लघुवित्तको कर्मचारीले आर्थिक लाभमा फुकुवा गरिदिएर यस दशैंमा परिवारमाथि ब्रजपात परेको सुनाईन् ।
लघुवित्त कार्यालय सिरहाका प्रमुख कृपानन्द यादवले आफूसँग गल्ती भएको स्वीकार गरेका छन् । लघुवित्तको समूहका सदस्य रहेको भन्दै उनले दुर्गादेवीको सट्टा शम्भू महतोले रकम बुझाएर जग्गा फुकुवा गर्न लगाएको बताए । अदालतको पत्र देखाएर आफूसँग जग्गा फुकुवा गराएको कार्यालय प्रमुख यादवको दावी छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख प्रजिअ राजेन्द्र देव पाण्डेले मिटरब्याजीमा उजुरी परेकोले त्यसमा हामीले गम्भीर रुपमा छानबीन गरी टुंगोमा पुर्याउने बताएका छन् ।
यता दुर्गादेवीको जग्गा स्वालम्बन लघुवित्तका कार्यालय प्रमुखसँगको मिलोमतोमा फुकुवा गराएका शम्भूसँग प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन ।

Tags: स्वालम्बन लघुवित्त
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.