Gundruk Online
Sunday, September 20, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » टी–२० ट्र्यांगुलर सिरिज : नेपालको दोस्रो जित, हङकङ ६ विकेटले पराजित

टी–२० ट्र्यांगुलर सिरिज : नेपालको दोस्रो जित, हङकङ ६ विकेटले पराजित

अफ दि म्याच करण केसी घोषित


साउदी अरबमाथि नेपालको सानदार जित

सिरहा, कार्तिक २ गते । टी–२० ट्र्यांगुलर सिरिज अन्तर्गत नेपालले लगातार दोस्रो जित प्राप्त गरेको छ ।
९५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आज पनि कप्तान रोहित पौडेलले विजयी रन प्रहार गरेका छन् । जितका लागि दुई रन आवश्यक रहेका वेला उनले विशाल छक्का प्रहार गर्दै नेपाललाई ६ विकेटको जित दिलाएका छन् ।
नेपालले १३.५ ओभरमा चार विकेटको क्षतिमा विजयी प्राप्त गरेको हो ।
। नेपालको तर्फबाट ओपनर आसिफ शेखले ३४ बलमा सर्वाधिक ४२ रन बनाए । उनले ६ चौका प्रहार गरे । रोहित २० बलमा २५ रन, गुल्सन झा पाँच बलमा १४ रन बनाई अविजित रहे । अर्का ओपनर कुशल भुर्तेल र विस्फोटक ब्याटर कुशल मल्लका लागि आज पनि राम्रो दिन रहन सकेन । कुशल भुर्तेल आठ बलमा आठ रन बनाएर तथा कुशल मल्ल ६ बलमा एक रन बनाएर आउट भए । ब्याटिङमा स्तरोन्नति गरेर माथि पठाइएका सन्दीप जोराले पनि ११ बलमा केवल तीन रन बनाए । त्यसअघि तीव्र गतिका बलर करण केसीको घातक बलिङसामु हङकङ घुँडा टेक्न बाध्य भएपछि नेपालले जितका लागि ९५ रनको लक्ष्य पाएको थियो ।
टी–२० ट्र्यांगुलर सिरिज अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको हङकङले पूरा २० ओभर पनि खेल्न सकेन । चार ओभरमा १५ रन दिएर करणले चार विकेट लिएको म्याचमा हङकङ १९.३ ओभरमै ९४ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि सोमपाल कामी र अविनाश बोहोराले दुई–दुई तथा कुशल मल्ल र मौसम ढकालले पनि एक–एक विकेट लिए । मूलपानी क्रिकेट मैदानमा टस जितेपछि नेपालका कप्तान रोहित पौडेलले पहिले फिल्डिङ रोज्ने निर्णय गरेका थिए । रोहितको निर्णयलाई सही साबित गर्दै करणले पहिलो बलमै सफलता दिलाए ।
उनले हङकङका कप्तान निजाकत खानलाई पहिलो बलमै बोल्ड गरेपछि हङकङको कमर तोडियो । लगत्तै आफ्नो दोस्रो ओभरमा करणले अंशुमन राथलाई सात रनको अवस्थामा आसिफ शेखको हातबाट क्याचआउट गराए । तेस्रो ओभरमा करणले आफनो तेस्रो विकेटका रूपमा बाबर हायातलाई सिकार बनाए । बाबर पाँच रनमा आउट भएपछि हङकङले ठूलो धक्का खायो । करणले आफ्नो चौथो ओभरमा हरुन अर्सदलाई दुई रनको अवस्थामा बोल्ड गरे । यस्तै, सोमपाल कामीले मार्टिन कोइटजी र एहसान खानको विकेट लिए भने अविनाश बोहोराले यसिम मुर्तजा र अदित गोरावारालाई सिकार बनाए । दोस्रो टी–२० खेलिरहेका मौसम ढकालले जिशान अलीलाई आउट गर्दै पहिलो विकेट लिए । कुशल मल्लले पनि एक विकेट लिए ।
यस अघि नेपालले युएईलाई पहिलो खेलमा पराजित गरेको थियो । खेलको प्लयेर अफ दि म्याच करण केसी घोषित भएका छन् ।

Tags: टी–२० ट्र्यांगुलर सिरिज
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.