सरोज कुमार पासमान
कर्जन्हा, २० श्रावण । सिरहा प्रहरीले धनगढीमाई नगरपालिका वडा नं. ७ बाट लाखौं मोल बराबरको अबैध काठ बरामद गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले धनगढीमाई नगरपालिका वडा नं. ७ स्थित महेन्द्र महतोको जग्गामा रहेको सालको रुखहरू अपरिचित ब्यक्तिहरुले काटिरहेको छ खबर पाएपछि अस्थायी प्रहरी पोष्ट कसहाबाट प्र.स.नि.यज्ञ भट्टराईकोको कमाण्डमा र सशस्त्र बेश क्याम्प गोलबजार बाट स.प्र.नि.हेमन्त सिंह ठकुरीको संयुक्त टोलीले काठ बरामद गरेको जानकारी बताएका छन् ।
उक्त ठाउँमा जाँदा ९ फिट लम्बाई र ६ फिट चौडाई भएको गोलिया थान.३ र ९ फिट लम्बाई, ३ फिट चौडाई भएको गोलिया थान (५ गरी जम्मा ८ थान साल काठको गोलिया करिब ५ लाख बराबरको बरामद गरिएको प्रहरीले जानकारी दिए । बरामद गरिएको काठ रितपुर्वक डिभिजन वन
कार्यालय लहान सिरहाको टोलीलाई जनप्रतिनिधीको रोहबरमा जिम्मा लगाईएको र काठ काटने व्यक्तिहरुको खोजी कार्यभइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिए ।






