काठमाण्डौं । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग एक एक गरेर हिसाबकिताब गर्ने चेतावनी दिएका छन् । जेन जी विध्वंसपछि बनेको अन्तरिम सरकारको चर्को आलोचना गर्दै आएका उनले आज सामाजिक सञ्जालमा थप आक्रोश पोखका हुन् ।
बालेनले आफूलाई घरविहीन बनाएको र दशैँको संघारमा समेत मानसिक यातना दिइरहेको बस्नेतको आरोप छ । ‘मेरा बुढा बुबाआमालाई जिउँदै जलाएर मार्ने प्रयास गरिस्, हजारौं व्यक्तिलाई फोन गर्न लगाएर मार्छु भन्दै धम्काउन लगाइस्’, उनले भनेका छन्, ‘अहिले दशैंको मुखमा घरबारबिहीन बनाएर पनि मलाई गिरफ्तार गर्छु भनेर मिडिया ट्रायल गरेर मेरो घर परिवारमा आतंक र रुवाबासी गराइस् ।’
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बस्नेतविरुद्धको साइबर मुद्दाको अनुसन्धान अघि बढाउन प्रहरीलाई थप निर्देशन दिएको पृष्ठभूमिमा उनको यस्तो अभिव्यक्ति आएको हो । ‘ए बालेनका चेला, कान खोलेर सुन, तिमीहरुको पाइपाइ हिसाब हुन्छ’, उनले चेतावनी दिँदै थपेका छन्, ‘चुनचुनके बद्ला लिन्छु याद गर, देशभर हिँड्न नसक्ने हालतमा पुग्नेछस् ।’जनआस्थाबाट






