Gundruk Online
Friday, January 23, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » रूसी क्षेप्यास्त्र तथा ड्रोन प्रहारबाट चार जनाको मृत्युः किएभ

रूसी क्षेप्यास्त्र तथा ड्रोन प्रहारबाट चार जनाको मृत्युः किएभ


रूसी क्षेप्यास्त्र तथा ड्रोन प्रहारबाट चार जनाको मृत्युः किएभ

किएभ। रूसले रातारात सयौं ड्रोन र मिसाइलले प्रहार गर्दा राजधानीमा मात्रै कम्तिमा चार जनाको मृत्यु भएको युक्रेनले जनाएको छ।

रूसले नेटोलाई सैन्य गठबन्धनले ओगटेको हवाई क्षेत्रमा कथित आक्रमणको जवाफमा कडा कारबाही नगर्न चेतावनी दिएपछि आक्रमण भएको जनाइएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभले रूसी आक्रमणको विरुद्ध प्रयोग गर्नका लागि अमेरिकी प्याट्रियट एयर डिफेन्स सिस्टम प्राप्त गरेको खुलासा गरेपछि ब्यारेज आक्रमण भएको हो।

रूसले युक्रेनी सहरहरूमा मानिस सुतिरहेको समयमा हवाई आक्रमण गरेको विदेश मन्त्री एन्ड्री सिबिगाले सामाजिक सञ्जाल एक्स मार्फत जनाएका हुन्।

राजधानी किएभका सैन्य प्रशासन प्रमुख तैमुर टाकाचेन्कोले प्रारम्भिक रिपोर्टहरूले मृत्यु पुष्टि भएको बताएका छन्। उद्धारकर्ताहरूले भने मृतृकहरुको सङ्ख्या थपिन सक्ने चेतावनी दिएका छन्।

राजधानी वरपरको क्षेत्रमा, रूसी आक्रमणमा कम्तिमा २७ जना घाइते भएको सैन्य प्रशासनका प्रमुख माइकोला कालाचनिकले टेलिग्राम मार्फत जनाउनु भएको छ। यसै गरी दक्षिणपूर्वी जापोरिझिया क्षेत्रका गभर्नरले उक्त क्षेत्रमा रूसी आक्रमणमा कम्तीमा चार जना घाइते भएको बताएका छन्।

युक्रेनको राष्ट्रपति कार्यालय प्रमुख एन्ड्री यर्माकले मस्कोलाई ‘नागरिकहरू विरुद्ध युद्ध’ चलाएको आरोप लगाउँदै किएभका पश्चिमी सहयोगीहरूलाई अझै ठूलो कारबाही गर्न आग्रह गरेका छन्।

पोल्याण्डको सशस्त्र बलले सामाजिक सञ्जाल एक्स मार्फत वार्साले आफ्नो हवाई क्षेत्रमा लडाकू जेटहरू परिचालन गरेको तथा रूसको आक्रमणको प्रतिक्रियामा हवाई रक्षा प्रणालीलाई उच्च सतर्कतामा राखेको बताएको छ।

पछिल्लो समयमा धेरै युरोपेली देशहरूले रूसलाई ड्रोन र लडाकू जेटहरूद्वारा आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएका छन्, जसलाई नेटोले आफ्नो संकल्पको परीक्षणको रूपमा हेरेको छ।

रूसले भने आक्रमणको जिम्मेवार आाफु नभएको वा कुनै पनि नेटो राष्ट्रमा आक्रमण गर्ने योजना बनाएको कुरा अस्वीकार गरेको छ।

न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई शनिबार सम्बोधन गर्दै मस्कोका विदेश मन्त्री सर्गेइ लाभ्रोभले आफ्नो देश विरुद्धको कुनै पनि आक्रमणको निर्णायक जवाफ दिइने बताएका छन्।

यसै बिच किएभ र मस्कोले शनिबार रूसको कब्जामा रहेको युरोपको सबैभन्दा ठूलो जापोरिजिया आणविक उर्जा संयन्त्र चार दिनदेखि ग्रिडबाट बाहिर रहेको र सम्भावित आणविक घटनाको डर रहेको बताएका छन्।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.