Gundruk Online
Monday, September 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » धरान कृषि बजारबाट दुई अर्ब ४० करोडको खसीको कारोबार

धरान कृषि बजारबाट दुई अर्ब ४० करोडको खसीको कारोबार


धरान कृषि बजारबाट दुई अर्ब ४० करोडको खसीको कारोबार

धरान। चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ। प्रत्येक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रबाट किसान र व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गर्दछन्।

सङ्खुवासभाका श्यामबहादुर बस्नेत विगत १८ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय छन्। उनले भने, “चाडपर्व सुरु हुँदा प्रत्येक वर्ष धरानको कृषि बजारमा आउने गरेको छु । यो पटक १५ वटा खसीबोका ल्याएको छु, अहिलेसम्म एउटा मात्रै बिक्री भएको छ, बाँकी बेच्नुपर्ने छ।”

धनकुटाको सागुरीगढी गाउँपालिका-७ की ममता राईले पनि धरानको बजारमा नियमित रूपमा खसीबोका बिक्री गर्दै आउनुभएको छ । “पशुपालन हाम्रो पुख्र्यौली पेसा हो, गाउँमा घाँस पाइन्छ, अन्न र दाना किन्नुपरे पनि व्यापारमा नोक्सानी हुँदैन”, उनले भने। उनका अनुसार वार्षिक रूपमा खसीबोका बिक्री गरेर रु नौ लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।

सुनसरीको दुहबी नगरपालिका-५ का व्यापारी नैसात मियाँ हरेक हप्ता बिहीबार र शुक्रबार धरानबाट खसीबोका खरिद गर्दै आएका छन्। उनले एक दिनमा १०० देखि एक सय ५० वटासम्म खसीबोका किनेर झुम्का, इटहरी, विराटनगर, लहान, जनकपुरलगायत स्थानमा बिक्रीका लागि पठाउन गरेको जानकारी दिए। “यो व्यवसाय गरेको ३१ वर्ष भयो, अहिले मासिक रु ८० हजारदेखि रु एक लाखसम्म नाफा हुन्छ”, उनले भने।

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार हरेक हप्ता दुई दिन सञ्चालन हुने यस बजारमा दैनिक करिब चार हजार ५०० वटा खसीबोका बिक्री हुने गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै एक लाख २० हजारभन्दा बढी खसीबोका बिक्री हुँदा करिब रु दुई अर्ब ४० करोड बराबरको कारोबार भएको उनले जानकारी दिए।

प्रत्येक वर्षको भदौदेखि अत्यधिक खसीबोका कारोबार हुने जनाउँदै अध्यक्ष भट्टराईले यो वर्षको भदौमा भने कारोबार कम भएको बताए । “साउनमा लगातार वर्षा हुँदा ढुवानीमा समस्या भयो । भदौमा जेनजी प्रदर्शनका कारण व्यापारमा डर सिर्जना भयो र यातायात अवरुद्ध हुँदा गत वर्षको तुलनामा यस वर्ष खसीबोका किनबेचमा कमी आएको हो”, उनले भने।

धरानको कृषि बजारमा धनकुटा, सङ्खुवासभा, पाँचथर, भोजपुर, तेह्रथुमलगायत पहाडी जिल्ला तथा इटहरी, कानेपोखरी, इनरुवा, झुम्का, बेलबारीलगायत तराई क्षेत्रबाट व्यापारी तथा किसान खसीबोका बिक्रीका लागि आउने गरेका छन्।

यहाँबाट बिक्री भएका खसीबोका मुलुकका प्रमुख सहर हुँदै भारतसम्म पनि निर्यात हुने गरेको धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले जानकारी दिए।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.