Gundruk Online
Wednesday, December 3, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » प्रशासकीय भवन निर्माणको माग गर्दै कर्जन्हा नगरवासिले ज्ञापन पत्र बुझाए 

प्रशासकीय भवन निर्माणको माग गर्दै कर्जन्हा नगरवासिले ज्ञापन पत्र बुझाए 


प्रशासकीय भवन निर्माणको माग गर्दै कर्जन्हा नगरवासिले ज्ञापन पत्र बुझाए 
मंसिर ६, कर्जन्हा । कर्जन्हा नगरपालिकाको प्रशासकीय भवन निर्माणको माग गर्दै कर्जन्हा नगरपालिकामा बिहिबार कर्जन्हा नगरवासिले ज्ञापन पत्र बुझाएको छ । विज्ञप्तीमा प्रमुख प्रशासकीय अधिकृत मनहरि बरालले तोक आदेश लगाएर दर्ता गर्न लगाएको जानकारी दिएका छन् । विज्ञप्ती बुझाउन गएका कर्जन्हा नगरपालिकाका जनताहरु घण्टौ धर्नामा बसेपछि कार्यालय सहयोगीले विज्ञप्ती लिएर प्रमुख प्रशासकीय अधिकृतको क्वाटरमा पुगेर तोक आदेश लगाएर आउनु तर कार्यालयमा अधिकृत उपस्थित नहुनुलाई आफुहरु नगरपालिकाको बेतिथि सम्झेको संघर्ष समितिको ठहर रहेको छ ।  प्रमुख प्रशासकीय अधिकृत बरालले मेयर भोला प्रसाद पोखरेलको निर्देशनमा बन्दीपुरबाटै नगरपालिकाको विभिन्न कार्यहरु गर्दै आएको नगरपालिकाको कार्यालयबाट कार्य नगरेको भन्ने कुराहरु समेत रहेकाले यसलाई हामीले गम्भीरता पुर्वक लिएको बताइएको छ ।
बर्षौ देखि विवादमा रहेको कर्जन्हा नगरपालिकाको प्रशासकीय भवन निर्माण हुनुपर्ने र कर्जन्हा नगरपालिकाको जनताहरु नगरपालिकाको विभिन्न सेवा सुविधाहरु नगरपालिकाको केन्द्र भएको एकै ठाउँबाट लिने व्यवस्थाका लागि प्रशासकीय भवन निर्माण गर्न ज्ञापन पत्र बुझाइएको छ । कर्जन्हा नगरपालिकाको प्रशासकीय भवन निर्माण संघर्ष समितिले आफुहरुको मागको वेवास्ता गरे वडा देखि नगरपालिकाको केन्द्र सम्म कडा आन्दोलन गर्ने समितिका सदस्य श्रीकिसुन यादवले जानकारी दिए ।
नगरपालिकाको हरेक काम कारवाही एकै ठाउँबाट होस जनप्रतिनीधि र कर्मचारी जनता प्रति जवाफदेहि होस् भन्ने उद्देश्य स्थापित गर्न नगरपालिकाको कार्यालय निर्माण हुनै पर्ने स्थिती रहेको र वर्षौ देखिको विवादलाई समाधान गरि नगरपालिकालाई विकास तर्प डोर्याउनका लागि आफुहरुले विज्ञप्ती बुझाएको संघर्ष समितिका अर्का सदस्य चन्द्रभुषण खातीले जानकारी दिए । यस्लाई सजिलो तरवले लिए ठुलो आन्दोलनको स्थिती श्रृजना गर्ने समेत उनले दाबी गरे ।
विज्ञप्तीको पुर्ण पाठ पढ्नुहोस् ।
श्रीमान् नगर प्रमुख ज्यू मिति ः २०८१।०८।०६
कर्जन्हा नगरपालिकाको कार्यालय
कर्जन्हा, सिरहा ।
विषय ः जानकारी गराइएको वारे ।
महोद्य,
उपरोक्त सम्बन्धमा कर्जन्हा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय प्रशासकिय भवन हाल सम्म निर्माण नहँुदा हामी कर्जन्हा नगरवासी अन्यायमा परेका छौं । कर्जन्हा नगरपालिकाको विकास निर्माण देखि दैनिकी रुपमा दिने हरेक सेवा सुविधा कर्जन्हा नगरपालिकाको आफ्नै भवनको केन्द्र एकै ठाउँबाट उपलब्ध नहुँदा कर्जन्हा नगरपालिकाको १ देखि ११ सम्मका वडा वासि सर्वसाधारणहरु मार्कामा परेका छन् ।
कर्जन्हा नगरपालिकाको प्रशासकिय भवन निर्माण नभएकाले हामिले नगरपालिकाको केन्द्रबाट पाउनुपर्ने सेवा सुविधा विभिन्न स्थानहरुबाट लिनुपर्ने बाध्यता भएको छ । केन्द्रमा हुनुपर्ने नगरपालिकाको शाखाहरु विभिन्न वडाहरुमा मनोपरि ढंगबाट विभाजन गरिएको छ । जनतालाई नगरपालिकाको सेवा लिनको लागि भौतारिनुपर्ने अवस्था छ । स्थानियतहको दोश्रो कार्यकालको आधा समय बितिसक्दा पनि नगरपालिकाको जनप्रतिनिधीहरु आफ्नै कार्यालय सेमत निर्माण गर्न नसक्नु आफैमा प्रश्न खडा भइरहेको अवस्था छ । नगरपालिकाको समग्र विकास गर्नुपर्ने जिम्मेवारी लिएका जनप्रतिनिधीले आफ्नै नगरपालिकाको प्रशासकीय भवन समेत निर्माण गर्न नसक्दा भवन निर्माणका लागि विभिन्न निकायले दिने करोडौं रकम पाउनबाट कर्जन्हा नगरपालिका बञ्चित भएको छ भने हामी आम जनताहरुलाई सास्ती भएको छ ।
कर्जन्हा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि पुर्व जनप्रतिनिधीहरुले स्थानिय सरकार संचालन ऐनमा रहेको व्यवस्था बमोजिम नगर सभाको दुई तिहाई बहुमत भन्दा अधिकबाट पास गरि सकेको, प्रदेश सरकारले समेत अनुमोदन गरिसकेको अवस्थामा मन्त्रालयमा देखिएका विभिन्न त्रुटिहरुलाई वर्तमान जनप्रतिनीधिहरुले समेत समाधान गरेर पठाइ सकेको अवस्थामा वर्षौ देखि के कुन कारणले प्रशासकीय भवन निर्माण भइरहेको छैन् ? अझै पनि केहि त्रुटि छ भने त्यसलाई समाधान गर्ने तर्फ किन लागि रहेको छैन ? कर्जन्हा नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण गर्नु विकास होइन ? के कर्जन्हा नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्नु अन्याय हो ? हामी कर्जन्हा नगरपालिका वासी जान्न चाहन्छौं ।
कर्जन्हा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि विभिन्न चरणहरु पार हुँदाहँुदै मिर्चैया नगरपालिकाको मिर्चैया बजार स्थित होटेल होलिडेमा सबै पार्टीहरुको प्रतिनिधीहरुलाई समेत बर्तमान नगर प्रमुखले बोलाएर प्रशासकीय भवन निर्माण गर्नका लागि राय सल्लाह लिइयो त्यहाँ पनि कर्जन्हा नगरपालिका वडा नं. ५ स्थित दुर्गा मंन्दिर पोखरी संगै रहेको पोखरीको डिलमा प्रशासकीय भवन निर्माण गर्ने सबै पार्टीका प्रतिनिधीहरुले सहिछाप गरे सर्बसहमतिबाट निर्णय पास समेत गरियो । तर, पनि प्रशासकीय भवन निर्माण कार्यमा देखिएको ढिलासुस्तीले हामी कर्जन्हा नगरपालिकावासी अन्यायमा परेका छौं । हामी चाहन्छौं कर्जन्हा नगरपालिकाको समग्र विकास होस् । नगरपालिका वासिहरु नगरपालिकाबाट प्रदान गर्ने हरेक सेवा सुविधा सरल र सहज रुपमा पाओस् । नगरपालिकाको हरेक कामकारवाही स्पष्ट र पारदर्शि होस् । नगरपालिकाको जनप्रतिनिधी र कर्मचारी जनताप्रती जवाफदेही होस् । त्यसका लागि नगरपालिकाको प्रशासकीय भवन निर्माण हुनुपर्ने जरुरी छ ।
अतः कर्जन्हा नगरपालिकाको प्रशासकीय भवन निर्माणको कार्य कुनै कारणले रोकिएको भएतापनि त्यस समस्याको समाधान गरि यथासिघ्र प्रशासकीय भवन निर्माणको कार्य सुरु गरिदिनुहुन अनुरोध गर्दछौं । यदि त्यसो गरिएन भने हामी कर्जन्हा नगरपालिका वासि कर्जन्हा नगरपालिकाको वडा देखि नगरपालिकाको कार्यालय सम्म विभिन्न आन्दोलनका कार्यक्रम गर्ने र त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार कर्जन्हा नगरपालिकाको जनप्रतिनिधीहुने जानकारीको लागि अनुरोध गर्दछौं ।
प्रशासकीय भवन निर्माण संघर्ष समिति
    कर्जन्हा नगरपालिका, सिरहा ।
बोद्यार्थ
जिल्ला समन्वय समिति, सिरहा ।
जिल्ला प्रशासन कार्यालय, सिरहा ।
जिल्ला प्रहरी कार्यालय, सिरहा ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.