Gundruk Online
Wednesday, December 3, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » राज्यले दलित समुदाय संग बैयमानी ग¥यो ः दलित अगुवा

राज्यले दलित समुदाय संग बैयमानी ग¥यो ः दलित अगुवा

विभिन्न क्षेत्रमा योगदान दिइएका पाँच दलित सम्मानित


राज्यले दलित समुदाय संग बैयमानी ग¥यो ः दलित अगुवा

कर्जन्हा । राष्ट्रिय दलित पत्रकार संघ नेपाल सिरहाले कर्जन्हा नगरपालिकामा नगरस्तरीय “संविधानमा दलित हकअधिकार र हाम्रो सरोकार” विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
संविधानमा कायम रहेको दलित समुदायको हकअधिकारको विषयमा बृहत चर्चा गर्दै थप अधिकार प्राप्तीका लागि सम्पुर्ण दलित समुदाय एकमत भएर संघर्ष गर्नुपर्ने बताएका छन् । देशमा संविधान निर्माण भएको करिब एक दशक हुन लाग्दा पनि राज्यको पहुचमा रहेका व्यक्तिहरुले दलित समुदायको अधिकार प्राप्तीको विषयमा संविधानमा उल्लेख भए बमोजिम ऐन कानुन निर्माण गर्न ध्यान नदिएको र जानीजानी दलितलाई अधिकारबाट बञ्चित गरेको दलित समुदायका अगुवाहरुले बताएका छन् ।
साथै, कर्जन्हा नगरपालिकामा नगरस्तरीय “संविधानमा दलित हकअधिकार र हाम्रो सरोकार” विषयमा अन्तरक्रिया कार्यक्रमको अवसर पारेर दलित समुदायका पाँच जना व्यक्तिलाई सम्मान समेत गरेको छ ।


दलित समुदायबाट विभिन्न क्षेत्रमा योगदान दिइएका पाँच जनालाई राष्ट्रिय दलित पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष सरोज कुमार पासमानले दोसल्ला ओढाएर प्रमाण पत्र हस्तान्तरण गर्दै सम्मान गरेको राष्ट्रिय दलित पत्रकार संघ नेपाल, सिरहाकी उपसचिव प्रतिभा महराले जानकारी दिए ।


शिक्षाबाट तिर्थलाल पासमान, सहिद परिवारबाट कुशिला सदा, समाजसेवाबाट नागेन्द्र पासमान, किसानबाट अजय महरा र राजनीतिबाट कर्जन्हा नगरपालिकाको पुर्व नगर प्रमुख गंगा पासमानलाई सम्मान गरेको महराले बताइन् ।


दलित समुदायलाई राज्यको सेवा सुविधामा पहुच हुननदिनका लागि संघिय सरकार र मधेश प्रदेश सरकारले समेत दलित समुदाय संग बैमानी गरेको कार्यक्रमका कार्यपत्र प्रस्तोता तथा जनता समाजवादी पार्टी नेपालका नेता चन्देश्वर पासमानले दाबी गरेका छन् ।


२०७२ सालमा घोषणा भएकोको संविधानमा दलित समुदायलाई दिइएको हक अधिकारलाई संस्थागत गर्न संविधान घोषणा भएको ३ वर्ष भित्रमा ऐन कानुन निर्माण गरेर दलित समुदायलाई राहत प्रदान गर्ने कार्य गर्नुपर्नेमा संघिय सरकारले ऐन कानुन निर्माणलाई आवश्यकता नठानेको आरोप लगाएका छन्, भने मधेश प्रदेश सरकारले समेत दलित शसक्तीकरण निर्माण गरेको ४ वर्ष बितन लाग्दा पनि प्रभावकारि कार्यन्वयन गर्न तर्फ केन्द्रित नहुँदा दलित समुदायको हकअधिकार झन्झन् ओझेलमा परेको जिकिर गर्दै यो एक प्रकारको दलित समुदाय संगको बैमानी गरेको नेता पासमानले बताएका छन् ।
नेपालको संविधान २०७२ दशांै वर्षमा प्रवेश गरिरहेको परिप्रेक्षमा संविधानमा उल्लेखित हक अधिकार कार्यान्वयनका समिक्षा, मुल्याङकन गर्नुपर्ने सम्बैधानिक प्राबधान रहेपनि दलित समुदायलाई संविधानमा उल्लेख भएको हकअधिकार सम्बन्धी सचेतना मुलक कार्य प्रभावकारी रुपमा सरकारबाटै हुन नस्कदा दलित समुदाय अझै अधिकारको विषयमा जानकार नभएकोले संविधानमा दलित समुदायको हकअधिकार विषयको अन्तरकृया कार्यक्रमहरु गाउँ टोल स्तरमै राख्नुपर्ने दलित समुदायका अगुवा नेता कार्यकर्ताहरुले जिकिर गरेका छन् ।दलित समुदायलाई आफ्नो हकअधिकार संस्थागत गर्न, थप अधिकार प्राप्त गर्नका लागि दलित समुदाय बीच एकता हुनुपर्ने र दलित समुदाय बीच एकता नभए सम्म प्राप्त उपलब्धी संस्थागत हुन नस्कनुका साथै थप अधिकार पाउन समेत कठिन हुने कार्यक्रमका प्रमुख अतिथि तथा कर्जन्हा नगरपालिकाको पुर्व नगर प्रमुख गंगा पासमानले बताए ।
दलित समुदायलाई नेतृत्व गर्ने स्थानमा जानै दिदैनन् र कुनै दलित समुदायका व्यक्ति नेतृत्व गर्ने स्थानमा पुगेपछि विभिन्न जालझेल मुद्दाहरु लगाएर फसाउने कार्यहरु समेत गरेकाले सबैलाई सचेत हुन र अघिल्लो निर्वाचनमा दलित समुदायबाटै साँझा उम्मेदवार खडा गर्नुका साथै निर्वाचित गर्ने योजनामा लाग्न दलित समुदायका अगुवाहरु संग पासमानले आग्रह गरेका छन् ।

कर्जन्हा नगरपालिकामा अधिकासं दलित समुदाय रहेको अवस्थामा एउटा मात्र दलित वडा अध्यक्ष निर्वाचित हुनु दुःखद कुरा रहेको राष्ट्रिय दलित पत्रकार संघ नेपालका जिल्ला कार्यसमितिका अध्यक्ष सरोज कुमार पासमानले बताए् ।
राज्यको हरेक निकायमा दलित समुदायको पहुच हुनुपर्ने संवैधानिक व्यवस्था रहेपनि संविधान कार्यन्वयनमै सरोकारवाला व्यक्तिहरु चनाखो नहुँदा दलित समुदायलाई अधिकार बाट बञ्चित हुनुपरेको बताए । दलित समुदाय नेतृत्वतहमा पुग्न नसके सम्म राज्यको श्रोत साधनमा गैर दलितकै हालीमुहालीले निरन्तरता लिने खतरा देखिएकाले सरकारले दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र घोषणा गर्नुपर्ने जरुरीरहेको समेत उनले बताएका छन् ।


राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यसमितिको जिल्ला अध्यक्ष सरोज कुमार पासमानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कर्जन्हा नगरपालिकाको पुर्व नगर प्रमुख गंगा पासमानको उपस्थिती रहेको थियो भने, कार्यक्रमको कार्यपत्र प्रस्तोताको रुपमा जनता समाजवादी पार्टी नेपालका नेता चन्देश्वर पासमानको उपस्थिती रहेको थियो ।
त्यस्तै, एमालेकी नेतृ निर्मला पासमान, पुर्व वडा अध्यक्ष भुषण खाती, दलित अगुवा रामजीवन पासमान, कार्यपालिका सदस्य सुरेखा देवी पासमान, वडा सदस्य, सहिद परिवार, दलित अधिकारकर्मी, शिक्षक, विद्यार्थी लगायतका विभिन्न व्यक्तिहरुको कार्यक्रममा उपस्थिती रहेको स्थानीय प्रदीप पासमानले जानकारी दिए ।

 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

थारु समुदायमा घोर्वा पूजा

थारु समुदायमा घोर्वा पूजा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.