Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » उपत्यकामा किन बढिरहेको छ जमिन भासिने क्रम ?

उपत्यकामा किन बढिरहेको छ जमिन भासिने क्रम ?


उपत्यकामा किन बढिरहेको छ जमिन भासिने क्रम ?

पछिल्लो समय काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा जमिन भासिने क्रम बढेको छ । पछिल्लो एक साताको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न तीन स्थानमा जमिन भासिने घटना भएका छन् ।साउन २५ गते काठमाडौँ प्लाजानजिकको सडक भासिएको थियो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्कने बाटोमा जमिन भासिएपछि सडक अवरुद्ध हुन पागेको थियो । सडक भासिएको खण्डमा टुकुचा खोला पर्छ ।  यसैगरी, साउन ३० गते ललितपुर–काठमाडौँ जोड्ने इमाडोल सडक खण्डमा जमिन भ्वाङ परेर भासिएको थियो । महालक्ष्मी नगरपालिका–३ बाल्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल बोझे पोखरी हुँदै इमाडोलतर्फ जाने भित्री खण्डमा करिब तीन मिटर सडक भासिएको थियो । जमिन भासिदा सडक अवरुद्ध भएको थियो ।यसैगरी, साउन ३१ गते तारकेश्वर नगरपालिका–५ अर्यालटारमा खोला पुरेर बनाएको खेल मैदान भासिएको थियो । उपत्यकामा परेको भारी वर्षापछि खेल मैदान भासिएको थियो । रुद्रेश्वर खोला पुरेर उक्त खेल मैदान बनाइएको स्थानीयले जनाएका छन् । सुरुमा एक महिनाअघि ढल फुटेर खेल मैदान भासिने क्रम सुरु भएको थियो ।आखिर, उपत्यकामा जमिन भासिने क्रम किन बढिरहेको छ त ? खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनिका झाका अनुसार, यस्तो घटना हुनुको पछाडि एक मात्र नभई विभिन्न कारण रहेका हुन्छन् । त्यसमध्ये काठमाडौँ उपत्यकाको भू-बनोट पनि एउटा कारण हो ।प्रवक्ता झाका अनुसार, वरपर डाँडाकाँडा देखिए पनि काठमाडौँ उपत्यका पहिले तलाउको रूपमा रहेको थियो । पछि पानी निकास गरेर बस्ती बस्न थालेको हो । त्यसैले उपत्यकाको जमिनमा बालुवा, माटोजस्ता पदार्थको मिश्रण पाइन्छ । यस्तोमा वर्षा हुँदा वा अन्य कारणले जमिनको भित्री भागमा पानी पसेर जमिन भासिने गर्छ ।यसैगरी, अव्यवस्थित सहरीकरण र बसोबास यसको अर्को कारण हो । ‘खोला–नाला मिचेर बस्ती बस्ने र सडक बनाउने क्रम बढेको छ । यसो हुँदा पानीले स्वाभाविक रूपमा निकास पाउँदैन । कस्तो जमिनमा कस्तो पूर्वाधार निर्माण गर्ने भन्ने विषयमा पनि हाम्रो ध्यान कम जाने गरेको छ । जमिन भासिने घटना बढ्नुको अर्को कारण यो पनि हो । खासगरी यस्ता घटना वर्षाको समयमा बढी हुने गरेका छन्,’ प्रवक्ता झा भन्छिन् ।प्रवक्ता झाका अनुसार, विभिन्न सरकारी निकायबिच समन्वयको अभाव पनि अर्को कारण हो । ‘खानेपानी व्यवस्थापन, सडक निर्माण, ढल निकासजस्ता कार्यमा सक्रिय निकायहरूबिच समन्वयको अभाव देखिन्छ । यी सबै निकायले आ–आफ्नै तरिकाले काम गर्छन् । एउटा निकायले एउटा प्रयोजनका लागि जमिन खन्छ । लगत्तै अर्को निकायले त्यही स्थानमा अर्को प्रयोजनका लागि जमिन खन्ने काम गर्छ । जमिन भासिने यो पनि अर्को कारण हो । हाम्रो अनुगमन प्रणाली पनि प्रभावकारी छैन,’ प्रवक्ता झाको कथन छ ।यस्ता घटनाहरू प्राकृतिकभन्दा पनि मानवीय कारणले हुने गरेको पनि उनले बताइन् । ‘पहिले काठमाडौँ उपत्यकामा सहरीकरण पनि व्यवस्थित थियो । खोला–नाला मिचिएको थिएन । अहिले माटोको परीक्षण नै नगरी ठुला–ठुला पूर्वाधार बनिरहेका छन् । यी घटना मानवीय कारणले भइरहेका छन् । प्रकृतिविरुद्ध जाने प्रयास गर्दा यस्ता घटना हुन्छन्,’ उनले भनिन् । 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.