Gundruk Online
Saturday, January 24, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » एक वर्षमा ५२ दिनमात्र चल्यो हेटौँडा सिमेन्ट, फागुनदेखि उत्पादन ठप्प

एक वर्षमा ५२ दिनमात्र चल्यो हेटौँडा सिमेन्ट, फागुनदेखि उत्पादन ठप्प


एक वर्षमा ५२ दिनमात्र चल्यो हेटौँडा सिमेन्ट, फागुनदेखि उत्पादन ठप्प
 सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग एक वर्षमा ५२ दिनमात्र सञ्चालन भएको छ । २०८० साउनदेखि २०८१ असारसम्मको अवधिमा उद्योग ५२ दिनमात्र चलेको हो । कोइला अभाव र मेशिन मर्मतका लागि लामो समय  उद्योगमा बन्द गर्नु परेको उद्योगका प्राविधिक फाँटका नितिन कर्णले जानकारी दिए । कर्णका अनुसार  २०८० को साउनयता भदौमा ११ दिन, असोजमा १८ दिन, माघमा ८ दिन र फागुनमा १५ दिनगरी उद्योग जम्मा ५२ दिन चलेको हो । यस्तै उनले चालु आर्थिक वर्षको साउन महिनामा एक दिनमात्र उद्योग चलेको जानकारी दिए ।उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले कोइला अभाव मुख्य समस्या भएको बताए ।  उद्योगका पुराना उपकरण बिग्रिरहने समस्याका कारण पनि नियमित सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ । अहिले पनि मेशिन मर्मतको काम चलिरहेको उनले बताए । कोइला अभावको बेला उद्योग बन्द हुँदा मर्मतको काम गर्ने गरेको महाप्रबन्धक पाण्डेले बताए । कोइला सप्लायर्सको बक्यौता रकम धेरै भएका कारण कोइला आपूर्ति प्रभावित बन्ने गरेको उनको भनाइ छ ।‘गत आर्थिक वर्षको फागुनमा १५ दिन चलाएको उद्योग कोइला अभावका कारण साउनको एक दिनबाहेक अहिलेसम्म बन्द छ । उद्योगमा जसोतसो प्राप्त हुने कोइलाले १० दिन पनि सञ्चालन गर्न पुग्दैन । हामीसँग भएको स्टक कोइलाले १०/१५ दिन उद्योग सञ्चालन गरेर केही फाइदा छैन । भएको कोइला सकिएपछि फेरि पनि उही कोइलाको समस्या देखाएर उद्योग बन्द गर्नुपर्छ,’ उनले भने, ‘उद्योग बर्सेनि घाटामा छ, कोइलाको पैसा नै करोडौँ तिर्नुपर्ने छ । कोइला सप्लायर्सलाई तिर्नुपर्ने भुक्तानी समयमै नतिर्दा कोइला आउन सकेन र उत्पादन नै बन्द गर्नुपरेको हो ।’पछिल्लो समय २०८० फागुन महिनादेखि बन्द रहेको उद्योग २०८१ साउनमा एक दिन क्लिङ‍्कर उत्पादनका लागि चलेको कर्णले बताए । कर्णका अनुसार उक्त एक दिन चलेको उद्योगले १५८ टन क्लिङ्कर उत्पादन गरेको थियो । उद्योग त्यसपछि बन्दै छ ।जसका कारण उद्योगका करिब १८० जना स्थायी कर्मचारी र एक सय जनाभन्दा बढी ज्यालाका कर्मचारी कामविहीन छन् भने हाल स्टक रहेको सिमेन्ट बिक्री गर्नेबाहेक अन्य कुनै काम हुन सकेको छैन ।हाल उद्योगमा करिब २० हजार बोरा सिमेन्ट स्टक रहेको उद्योगका नायब प्रबन्धक नवीन कर्णले जानकारी दिए । उनका अनुसार उद्योगको मेशिन मर्मत गरेपछि पनि उद्योग लामो समयसम्म चलाउन सक्ने अवस्था छैन । उद्योगसँग जम्मा १५/२० दिनलाई पुग्ने १२/१३ सय टन कोइलामा मात्रै बाँकी छ ।लामो समयदेखि सञ्चालन हुन नसकी अलपत्र अवस्थामा रहेको रोपवेको उपकरण बिक्रीका लागि उद्योगले पुनः प्रयास सुरु गरेको छ । करिब ६ वर्षअघि पनि रोपवेको सामाग्री लिलाम बिक्रीका लागि पटक पटक आह्वान गरिए पनि कसैले इच्छा नदेखाएपछि काम भएको थिएन ।यस पटक उद्योगले रोपवेको सामाग्री पुनः मूल्याङ्कनको लागि भण्डार शाखा प्रमुख विकास श्रेष्ठको संयोजकत्वमा समिति नै बनेको छ । केही महिनाअघि बनेको मूल्याङ्कन समितिमा कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रशासन र सडक विभागबाट १/१ जना र उद्योगबाट २ जना प्रतिनिधि रहेका छन् । समितिले मूल्याङ्कनको काम अन्तिम चरणमा पुर्‍याएको र समितिको प्रतिवेदन उद्योग सञ्चालक समितिबाट पास गरी रोपवे लिलाम बिक्रीको सूचना निकालिने उद्योगले जनाएको छ ।उद्योगले भैँसेदेखि उद्योगसम्म प्रयोगमा नरहेको ११ किलोमिटर रोपवेको सिस्टम तथा भण्डारणमा रहेको जगेडा पार्टपुर्जा बिक्री गर्न लागेको हो । मर्मत सम्भार गरेर सञ्चालन गर्न करोडौँ खर्च लाग्ने भएपछि जीर्ण बन्दै गएको रोपवे लिलाम गर्ने तयारीमा उद्योग लागेको हो । उद्योगले आफ्नो उत्पादन सुरुवातसँगै २०४३ सालबाट भैँसेखानीबाट लामसुरेस्थित कारखानासम्म चुनढुङ्गा ढुवानी गर्न सञ्चालनमा ल्याइएको रोपवे २०६१ सालदेखि बन्द छ ।२०६० सालमा आएको बाढी पहिरोले भैँसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोपवे बन्द भएको थियो ।  त्यससँगै करिब ८ करोडको लगानीमा निर्माण भएको रोपवेको आर्थिक भार थेग्न नसकेपछि बन्द भएको थियो । प्रतिघन्टा ३ सय मेट्रिक टन चुनढुङ्गा ढुवानी गर्ने क्षमता रहेको रोपवेको सुरुमा एक सय ६५ वटा वकेट (क्यारियर) रहेका थिए । हाल केही बकेटहरु बिग्रिएर झरिसकेका छन् ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.