Gundruk Online
Monday, December 8, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » तेस्रो लगानी सम्मेलनको वर्ष : ७० अर्बभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता भित्रियो

तेस्रो लगानी सम्मेलनको वर्ष : ७० अर्बभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता भित्रियो


तेस्रो लगानी सम्मेलनको वर्ष : ७० अर्बभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता भित्रियो

आर्थिक वर्ष २०८०/०८१ मा ७० अर्ब २० करोड रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । अघिल्लो वर्ष साउनदेखि गत असारसम्मको अवधिमा विभिन्न मुलुकका लगानीकर्ताले सो मूल्य बराबरको विदेशी लगानी प्रतिबद्धता गरेका हुन् ।५४६ वटा लगानीमार्फत ७० अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता आएको हो । उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा स्वचालित प्रणाली र परम्परागत प्रणालीबाट गरी सो रकम बराबरको लगानीको प्रतिबद्धता आएको छ ।सरकारले वैशाख १६ र १७ गते आयोजित दुई दिने लगानी सम्मेलनका क्रममा स्वचालित प्रणालीको सुरुवात गरेको थियो । स्वचालित मार्ग (अटोमेटिक रुट)मार्फत ५० करोड रुपैयाँसम्मका विदेशी लगानीका उद्योग स्थापना गर्न सकिन्छ ।यो माध्यमबाट ऊर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित उद्योग, सेवामूलक उद्योग, उत्पादनमूलक उद्योगसमेत दर्ता गर्न पाइन्छ ।वैशाखको तेस्रो सातादेखि सञ्चालनमा आएको यो प्रणालीबाटै त्यसयता ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । परम्परागत प्रणाली (उपस्थित बनेर दर्ता गर्ने विधि)मार्फत ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँको प्रतिबद्धता आएको छ । स्वचालित प्रणाली र परम्परागत प्रणालीमार्फत गरी कुल ७० अर्ब २० करोडको लगानी प्रतिबद्धता आएको हो ।यस अवधिमा ५४६ वटा उद्योग स्थापनाको प्रतिबद्धता आएको छ । यस्तै नेपालमा वैदेशिक लगानी सुरु भए यता ६ हजार २६७ वटा प्रतिबद्धतामार्फत ५ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धता आएको छ ।यसबाहेक यस अवधिमा स्वचालित प्रणालीमार्फत मात्रै १३९ वटा उद्योग दर्ता भएका छन् ।विदेशी लगानीकर्ताले गरेको लगानी प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा २२ हजार ९४ जनाले रोजगारी पाउनेछन् ।तर नेपाल राष्ट्र बैंकको तथ्याङ्कले भने प्रतिबद्धता बमोजिम लगानी नआउने गरेको देखाउँछ ।आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै लगानी असार महिनामा भित्रिएको छ । तथ्याङ्कअनुसार असार महिनामा मात्रै १९ अर्ब ९५ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । यो महिना भित्रिएको प्रतिबद्धता बमोजिम लगानी आएमा १ हजार ९४५ जनाले रोजगारी पाउनेछन् ।यस्तै वैशाखमा १२ अर्ब ३६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । वैशाखमा दुई दिन लगानी सम्मेलन आयोजना भएको थियो । लगानी बोर्डको नेतृत्वमा तेस्रो लगानी सम्मेलन आयोजना भएको थियो । सम्मेलनका क्रममा जम्मा १२ अर्ब हाराहारीको लगानी प्रतिबद्धता आएको थियो । सोही महिना उद्योग विभागमार्फत हुने प्रतिबद्धता समेत १२ अर्ब हाराहारी नै देखिएको थियो ।लगानी बोर्डको कार्यालयले ६ अर्ब रुपैयाँभन्दा ठुला आयोजनाको लगानी स्वीकृत गर्छ । यस्तै २०० मेगावाटभन्दा बढीका विद्युत् आयोजनाको समेत लगानी स्वीकृति बोर्डले नै गर्छ । सोही कारण बोर्डले स्वीकृत गर्ने लगानी र विभागले गर्ने लगानीमा फरक–फरक तथ्याङ्क हुन्छ । आर्थिक वर्षको सुरुवातमा समेत ठुलो लगानीको प्रतिबद्धता भित्रिएको तथ्याङ्क छ ।साउन महिनामा ११ अर्ब ९३ करोड लगानी प्रतिबद्धता भित्रिँदा ३ हजार ३०१ जनाले रोजगारी पाउने बताइएको छ । यसबाहेक माघमा सबैभन्दा कम ३४ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता भित्रिएको तथ्याङ्क छ ।प्रतिबद्धता आए पनि लगानी भने नआउने गरेको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको एउटा सर्वेक्षणले प्रतिबद्धताको तुलनामा कार्यान्वयन न्यून देखाएको हो ।राष्ट्र बैंकका अनुसार प्रत्येक वर्ष प्रतिबद्धताको ३६ प्रतिशत मात्रै कार्यान्वयन हुन्छ । सन् १९९५–९६ देखि २०२१–२२ सम्म गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।उद्योग विभागका प्रवक्ता अर्जुन सेन ओलीका अनुसार गत आर्थिक वर्ष ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी भित्रिनु प्रशंसनीय विषय हो । लगानी सम्मेलन आयोजना गरेको वर्ष र ५० करोड रुपैयाँसम्मको लगानी प्रतिबद्धता स्वचालित प्रणालीमार्फत भित्रिने व्यवस्था गरेको वर्ष उत्साहजनक प्रतिबद्धता आएको हो ।उनका अनुसार यसअघि २०७०/७१ मा ६७ अर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । त्यसयता ठुलो मात्रामा लगानीको प्रतिबद्धता आइरहेको थिएन ।यसअघि आर्थिक वर्ष २०७९/८० मा ३८ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको थियो । सो वर्ष ३२७ वटा लगानीमा ३८ अर्बभन्दा बढीको प्रतिबद्धता आएको थियो । सो लगानी प्रतिबद्धता कार्यान्वयन भएमा १७ हजारभन्दा बढीले रोजगारी पाउने विभागको तथ्याङ्क छ ।प्रवक्ता ओली प्रतिबद्धता गरेपछि कार्यान्वयनको पाटो झन्झटिलो भएकाले सो बमोजिमको लगानी आउन नसकेको हुन सक्ने बताउँछन् । ‘कार्यान्वयनको पाटो लगानीकर्ताले सोचेबमोजिम नहुन सक्ने कारणले प्रतिबद्धता बमोजिमको नआएको हुन सक्छ,’ उनले रातोपाटीलाई भने ।लगानी बोर्डको कार्यालयमार्फत २०८०/८१ मा २ खर्ब ७१ अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता भित्रिएको छ । बोर्डको कार्यालयले दिएको जानकारी बमोजिम ९ वटा परियोजनामार्फत सो रकम बराबरको लगानी प्रतिबद्धता भित्रिएको हो । बोर्डको नेतृत्वमा आर्थिक वर्ष २०८०/८१ को वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गरिएको थियो ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

थारु समुदायमा घोर्वा पूजा

थारु समुदायमा घोर्वा पूजा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.