Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » कांग्रेसका लुम्बिनी प्रदेश सभापति पुन भन्छन्– यस्तै हो भने किन सङ्घीयता चाहियो ?

कांग्रेसका लुम्बिनी प्रदेश सभापति पुन भन्छन्– यस्तै हो भने किन सङ्घीयता चाहियो ?


कांग्रेसका लुम्बिनी प्रदेश सभापति पुन भन्छन्– यस्तै हो भने किन सङ्घीयता चाहियो ?

नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको भएको सहमतिअनुसार लुम्बिनी प्रदेशमा मन्त्रीमण्डल गठन भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार एमालेबाट ४ र नेपाली कांग्रेसबाट ४ गरी ८ जना विनाविभागीय मन्त्री नियुक्त गरे ।नेपाली कांग्रेसबाट धनेन्द्र कार्की, सरोज थापा, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपाने मन्त्री बनेका छन् । तर कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मन्त्री बनाउँदा पार्टीको प्रदेश समितिलाई बेवास्ता गरिएको आरोप लगाएका छन् । उनले यसबारे पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र समेत पठाएका छन् ।यसै विषयमा केन्द्रित रहेर रातोपाटीका लागि तेजेन्द्र केसीले कांग्रेस प्रदेश सभापति पुनसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश-लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमाले मिलेर सकार गठन गर्ने र त्यसको नेतृत्व एमालेलाई दिने सहमति दुवै पार्टीबिच केन्द्रमा भयो । सोही अनुसार लुम्बिनी प्रदेशमा साउन ६ गते मुख्यमन्त्री चेतनारायण आचार्यलाई समर्थन गर्दै नेपाली कांग्रेसका संसादहरूले हस्ताक्षर गरेका हुन् । त्यसपछि बहुमत पु¥याएर ६ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भए भने हिजो प्रदेश प्रमुखबाट शपथग्रहण गरेका छन् ।नेपाली कांग्रेसको सिफारिसमा हिजो नै ४ जना मन्त्री नियुक्त भएका छन् । ती मन्त्री नियुक्त गर्दा नेपाली कांग्रेस प्रदेश समितिसँग कुनै सल्लाह, छलफल त परै जावस्, औपचारिक जानकारीसमेत गराइएन ।केन्द्रीय सभापतिको कोटाबाट प्रदेशमा मन्त्री छनोट गर्ने विषय कुनै हालतमा राम्रो होइन । अर्कोतिर नेपाली कांग्रेसको विधानमा पनि  प्रदेशमा मन्त्रीहरू पठाउँदा प्रदेश समितिले बनाउने मापदण्डको आधार सिफारिस गर्नुपर्ने स्पष्ट उल्लेख छ । तर यहाँ पार्टीको विधान विपरीत मन्त्रीहरू छनोट गरिएका छन् । मन्त्रीहरू छनोट गर्दा प्रदेश समिति पूर्ण बेखबर छ । सङ्घीयताको मूल्य मान्यता विपरीत काम भयो । त्यस कारणले सच्चाउनुपर्ने माग गर्दै सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएको हो ।मसँग सरकार गठन गर्नुभन्दा अगाडि केही छलफल भएको थियो । पछि सरकार गठन गर्दा मन्त्रीहरूको नाम लिस्ट बनाउने विषयमा कुनै सल्लाह भएन । एक पटक जानकारी पनि गराइएन । समग्र प्रदेश समिति त्यो विषय अनभिज्ञजस्तै छ ।केन्द्रबाट मन्त्रीको नाम आयो, सोही आधारमा प्रदेशमा मन्त्रीहरूको शपथ ग्रहण भयो । यसरी पार्टी चल्दैन । हाम्रो पार्टी सरकारमा जाने हो, हाम्रो प्रदेशका माननीयहरू मन्त्री बन्ने हो । ती माननीयमध्ये विवादमा नपरेका, काम गर्न सक्ने क्षमता भएका, प्रदेशको विकास गर्न सक्नेलाई पठाउँदा अझै राम्रो हुने थियो होला । तर यहाँ एकलौटी रूपमा मन्त्रीहरू सिफारिस गर्ने काम भयो, जुन निकै गलत छ ।नेपाली कांग्रेसको संशोधित विधान २०१७ को परिच्छेद ४ को दफा १३ को(ठ) अनुसार प्रदेश समितिको अन्तरसम्बन्ध समन्वयमा सरकार गठन गर्नुपर्ने उल्लेख छ ।सो प्रावधानलाई पार्टी केन्द्रले कुल्चिँदै प्रदेशमा मन्त्रीहरू पठाएको छ । उक्त दफामा प्रदेशमा मन्त्रीहरू पठाउँदा समावेशी आधारमा मापदण्ड बाउने उल्लेख छ । जसमा भूगोल, महिला, दलित, जनजाति, पुराना, नयाँ आदिलाई ध्यानमा राख्दै छनोट गर्नुपर्ने हुन्छ । तर अहिले त्यो लागु भएन । प्रदेश समितिसँग सहकार्य गर्नुपर्ने थियो । प्रदेश समितिलाई हेपेर मन्त्री बनाउने काम भयो । यदि यस्तै हो भने किन सङ्घीयता चाहियो ? विभिन्न तहको कमिटी किन बनाउनु प¥यो ? सबै केन्द्रकै निर्देशन चल्ने हो भने प्रदेशमा साथीहरू आफ्नो पैसा खर्च गरेर, समय दिएर प्रदेश समितिको कामको लागि किन हिँड्ने ? साथीहरूलाई मन्त्री बनाउने विषयमा एक पटक छलफल छैन । सल्लाह छैन । संसादहरूसँग केही कुराकानी छैनत्यसैले केन्द्रले नाम दिएपछि प्रदेशमा मन्त्री बनिहाल्ने गलत काम भयो । सङ्घीयता हो भने प्रदेश समितिलाई आफ्नो अधिकार कार्यान्वयन गर्न दिनुपर्छ ।प्रदेश सभापतिले आफ्नो गुट वा अर्को गुट भन्ने, हेर्ने कुरा हुँदैन । प्रदेशमा भएका राम्रा संसादलाई एउटा मापदण्ड बनाएर जाऊ भन्ने हो । यहाँ सभापतिको इच्छा, गुट भन्ने होइन । पार्टीको विधि र विधानको विषय हो ।प्रदेश समितिसँग समन्वय नगरी यस किसिमले काम गर्नु निरकुंश शैली हो । सङ्घीयताको मर्म विपरीतको कार्य भएपछि विरोध गर्नु परेको हो । त्यसमा हाम्रो गुट, अर्को गुट भन्ने हुँदै होइन ।अहिलेसम्म उक्त विषयमा सभापतिज्यूबाट केही कुरा आएको छैन । उहाँ आफ्नै ढङ्गले शासन चलाउन मस्त हुनुहुन्छ । कमजोरी भएको हो कि, अब यसरी जाँदा पार्टी र सरकार दुवैलाई हित हुन्छ कि भन्ने विषयमा उहाँको कुनै चिन्ता र चासो देखिँदैन ।प्रदेश समितिलाई पूर्णतया बेवास्ता गरिएकोमा हामीले अब केही दिनमा जिल्ला तथा प्रदेशका साथीहरूको भेला राख्दै छौँ ।तुरुन्तै हुने उक्त भेलाबाट साथीहरूको के सुझाव र सल्लाह आउँछ, त्यही आधारमा अगाडि बढ्ने हो । केन्द्रले एकलौटी रूपमा गरेको कामको विषयमा प्रदेशका धेरै साथी गम्भीर हुनुहुन्छ । त्यो किसिमको निरङ्कुश कार्यशैलीले प्रदेश संरचना कमजोर बन्ने ठहर धेरै साथीहरूको छ । त्यस कारणले अब बस्ने भेलाबाट ठोस निर्णय गरेर अगाडि जाने छौँ ।बादशाह कुर्मी र सरोज थापाको विषयलाई लिएर सञ्चार माध्यममा विवादित पृष्ठभूमि देखाइएको छ । त्यसमा मेरो भन्नुभन्दा पनि कानुन अनुसार उहाँहरू मन्त्री बन्न मिल्ने भए बन्नुहुन्छ, नमिल्ने भए बन्नुहुन्न । त्यो विषयमा मेरो धेरै टिप्पणी छैन । कानुन पालना गर्ने हो । त्यही अनुसार चल्ने हो ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.