Home » आज यी नदी तथा खोलामा बाढीको जोखिम उच्च
आज देशका केही नदी तथा खोलामा बाढीको सम्भावना छ । विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, काठमाडौँ, भक्तपुर, ललितपुर भएर बग्ने नदी तथा खोलामा बाढीको सम्भावना छ । मकवानपुर, बारा, पर्सा, चितवन, पाल्पा, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके र आसपासका जिल्ला भएर बग्ने अधिकांश स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यता धौलिगंगा जलविद्युतको बाँध सिल्टसरसफाइ कार्यको लागि खोलिने र महाकाली नदीको जलसतह बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । नारायणी नदीको जलसतह घट्ने भए पनि सतर्कता तह आसपास हुने विभागको भनाइ छ । पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.