Gundruk Online
Wednesday, March 4, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » प्रहरीद्वारा ११ राउण्ड अश्रुग्यास र १६ राउण्ड हवाई फायर

प्रहरीद्वारा ११ राउण्ड अश्रुग्यास र १६ राउण्ड हवाई फायर

मिर्चैया : स्थानीयवासी र प्रहरीबीच झडप, १५ जना समान्य घाईते


प्रहरीद्वारा ११ राउण्ड अश्रुग्यास र १६ राउण्ड हवाई फायर

रामनारायण ठाकुर
मिर्चैया, वैशाख ७ गते । सिरहाको मिर्चैया बजारमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।
मिर्चैयाका स्थानीयले विभिन्न माग राख्दै प्रर्दशन गर्दै आएको र सोही मागको विषयमा मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवको धारणा बुझ्ने क्रममा झडप भएको हो । स्थानीय प्रदर्शनकारीले आफूहरुको माग सम्बन्धमा मिर्चैया नगरपालिकाका मेयरको कस्तो धारणा रहेको भन्ने जानकारी लिन मेयर यादव आन्दोलनरत स्थलमा आउन आग्रह गरेका थिए । मेयर यादव कार्यकक्षबाट बाहिर नआएपछि प्रदर्शनकारीले नगरपालिकाभित्र प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको हो । प्रहरीले प्रर्दशनकारीलाई रोक्न खोजेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गरेका थिए ।
स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बन्न पुग्यो । प्रहरीले स्थिती नियन्त्रणमा लिन दर्जनौं राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । आक्रोशित स्थानीयले नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । मेयर चढ्ने सरकारी नम्बर प्लेटको सवारी साधनपनि तोडफोड गरेको छ । प्रहरीसँगको झडपमा परी १५–२० जना प्रदर्शनकारी घाइते भएको स्थानीय हरिकिशोर साहले बताएका छन् । व्यसायी साहले नगरपालिकाभित्र रहेका मेयर यादवका मान्छेहरूले आफूहरूमाथि ढुंगामुढा गरेको आरोप लगाएका छन् ।
यसैवीच सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इबालिम्बुले झडपमा परी पाँच जना सुरक्षाकर्मी घाइते भएको बताएका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन ४२ राउण्ड हवाई फायर गरेको भन्दै प्रहरी उपरीक्षक लिम्बुले केही आन्दोलनकारी पनि समान्य घाईते भएको बताएका छन् ।

घटना के हो ?
मिर्चैया बजारमा लामो समयदेखि बस्दै आएको स्थानीयको घर मिर्चैया नगरपालिकाले डोजर लगाएर भत्काएका थिए ।
चार वर्षअघि विशेष नापी टोलीद्वारा गाउँब्लकका सम्पूर्ण जग्गाको नाप जाँच गरिसकेर लालपुर्जा दिने प्रक्रियामा रहेका बेला माघ २७, फागुन ११ र फागुन १९ गतेका दिन नगरपालिकाले बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरी हटाइदिएको थियो । त्यही विषयमा स्थानीयले परापूर्वदेखि बस्दै आएका स्थानीयको घर तोडफोड गरेको, मनोमानी तरिकाले नगरपालिका चलाएको, आफ्नो आसेपासेको नाममा पोखरीको जमिन कित्ताकाट गर्न लगाएको लगायतका आरोप लगाउँदै मिर्चैया बजारमा केही दिनदेखि निरन्तर प्रदर्शन गर्दै आएका छन् । सर्वपक्षीय बैठकमा सहभागीहरूले मेयर यादवले मिर्चैयामा आतंक मच्चाएको, बजार क्षेत्रलाई बर्बाद गर्न लागिपरेको भन्दै सशक्त रूपमा प्रतिकार उत्रिनुपर्ने बताएका थिए । मिर्चैया बजार गाउँब्लक क्षेत्रमा पर्छ ।
यही घटनालाई लिएर उनीहरूले आफूहरूमाथि नगरपालिकाले ज्यादती गरेको भन्दै प्रदर्शन गर्दै आएका छन् । उनीहरूले जग्गाको लालपूर्जा दिनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, आफूहरूमाथि ज्यादती भएकाले छानबिन गरी न्याय दिनुपर्ने लगायतका माग गरेका छन् । यता मिर्चैया नगरपालिकाले बजार क्षेत्र रहेको २ सय ५६ नम्बर कित्तालाई सरकारी जग्गा भन्दै आएको छ । गाउँब्लकभित्र सरकारी, सार्वजनिक र निजीलगायत जग्गा रहेको भएपनि मालपोत कार्यालयले यो जग्गालाई नेपाल सरकारको नाममा नामसारी गरी दिएको आन्दोलनकारीको भनाई छ ।
मिर्चैयामा नापजाँच भएको चार वर्ष बित्यो । तर, मिर्चैयाका मेयर यादवले श्रेस्ता संशोधन प्रक्रिया पूरा गर्न नदिई लालपुर्जा वितरणमा रोक लगाइदिएको स्थानीयको आरोप छ । उनले २ सय ५६ नम्बर कित्ताभित्र रहेको तीन बिगहा १२ कठ्ठा १७ धुर जग्गा सरकारी नै रहेको अडान लिँदै आएका छन् । यही अडानका कारण मिर्चैयामा लामो समयदेखि विवाद बढ्दै गएको छ ।

स्थिति समान्य छ : प्रहरी उपरीक्षक लिम्बु
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक टेकुनन्द इबालिम्बुले मिर्चैयाको अवस्था समान्य भएको बताएका छन् । ‘पुलिसले अनावश्यक बल प्रयोग गर्यो कि भन्ने आशंका लागेर निरिक्षण गर्न पुग्यौं,’ प्रहरी उपरीक्षक लिम्बुले भने,‘त्यसो पाईएन् । स्थिती नियन्त्रणमा लिन ११ राउण्ड अश्रुग्यास प्रहार गरियो ।’
स्थानीय र मिर्चैया नगरपालिकाको विषयमा छलफल गरी समाधानको बाटो निकाल्ने भन्दै एसपी लिम्बुले दुवैतर्फ केही जना समान्य घाईते भएको बताएका छन् । प्रहरीले ११ राउण्ड अश्रुग्यास र १६ राउण्ड हवाई फायर गरिएको एसपी लिम्बुले बताएका छन् ।

Tags: तनावग्रस्तप्रहरीमिर्चैयाश्रवणकुमार यादव
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.