Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » कर्जन्हामा निःशुल्क मोतियाबिन्दु शल्यचिकित्सा शिविर सुरु

कर्जन्हामा निःशुल्क मोतियाबिन्दु शल्यचिकित्सा शिविर सुरु


कर्जन्हामा निःशुल्क मोतियाबिन्दु शल्यचिकित्सा शिविर सुरु

सिरहा, १६ जेष्ठ, सरोज कुमार पासमान। सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा रहेको फूल कुमारी महतो मेमोरियल अस्पतालमा आज देखि निःशुल्क मोतियाबिन्दु शल्यचिकित्सा शिविरको सुरुवात भएको छ । शिविर जेष्ठ १६ देखि १७ गतेसम्मको लागि आयोजना गरिएको छ। यो शिविर रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेशनद्वारा आयोजित गरिएको हो । बिराटनगरमा अवस्थित यस अस्पतालले पूर्वी क्षेत्रमा अत्याधुनिक सेवा प्रदान गरिरहेको छ, जसको व्यवस्थापन काठमाडौंको प्रसिद्ध तिलगंगा आँखा प्रतिष्ठानले गर्दै आएको ।

यो कार्यक्रम आँखा सेवा क्षेत्रमा नेतृत्वदायी संस्था HCP cure Blindness को आर्थिक सहयोगमा संचालन गरिएको छ, जुन सन् १९९५ मा डा. जिओफ टाबिन र डा. सन्दुक रूइतद्वारा स्थापना गरिएको थियो ।

यस शल्यचिकित्सा शिविर अघि, नगरपालिकाका विभिन्न स्थानहरूमा एक हप्ता अघिदेखि ५ वटा स्क्रिनिङ्ग शिविरहरू सञ्चालन गरिएका थिए, जसमा १५०० भन्दा बढी विपन्न मानिसहरूलाई उपचार प्रदान गरियो। आजको शल्यचिकित्सा शिविरको पहिलो दिनमा डा. अनिमा देशारको नेतृत्वको टोलीले ५२ जना मोतियाबिन्दुका बिरामीहरूको सफल शल्यचिकित्सा सम्पन्न गरेको जानकारी दिएका छन् । भोलि पनि यो शल्यक्रिया शिविर सुचारु रहनेछ।

त्यसैगरी, आजै कर्जन्हा नगरपालिकाका मेयर श्री भोला प्रसाद पोखरेल र उपमेयर श्री लक्ष्मी कुमारी श्रेष्ठ यादवले शिबिरको अवलोकन गरी रामलाल गोल्छा आँखा अस्पतालका प्रबन्धक श्री नविन राजवंशीसंग गर्नुभएको छलफलमा नगरमा विद्यमान अन्धोपन निवारणका लागि नगरका सम्पूर्ण वडाहरुमा क्रमिक रुपमा आँखा शिबिर संचालन गरी महिनाको एक पटक फूल कुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हामा निशुल्क मोतियाबिन्दु शिबिर संचालन गर्नेबारे छलफल पनि गरिएको थियो।

फ्रेड हलोज फाउन्डेशन र तिलगंगा आँखा प्रतिष्ठानद्वारा २०२१ मा फूल कुमारी महतो मेमोरियल अस्पताल आँखा एकाइलाई स्तरोन्नति गरिएको थियो, जसको माध्यमबाट यस प्रकारका आवधिक शल्यचिकित्सा शिविरहरू आयोजना हुँदै आएका छन् र हालसम्म १५०० भन्दा बढी बिरामीहरूको दृष्टि पुनःस्थापना गरिएको छ।

चिकत्सकहरुका अनुसार गर्मी वा जाडो मौसममा मोतियाबिन्दु शल्यचिकित्सा गर्दा कुनै फरक नपर्ने, मोतियाबिन्दुको शल्यचिकित्सा सबै मौसममा समान रूपमा सुरक्षित साथ भइरहेको बताए । बिहिबार समेत यो अवसरलाई उपयोग गरी आफ्नो आँखा परीक्षण गराउन र मोतियाबिन्दु पाइएको खण्डमा उच्च गुणस्तरको निःशुल्क शल्यचिकित्सा गराइ मौकाको फायदा समेत उठाउन आग्रह गरिएको छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.