Home » न्यायमा सबैको सहज पहुँच पुर्याउन सूचना प्रविधिको प्रयोगलाई अझ बढाउनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कानुन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणको मूल्य मान्यताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको माध्यमबाट पहुँचयोग्य तथा जनआस्थामा आधारित न्यायिक पद्धतिको विकास गरी कानुनको शासनको प्रवर्धन गर्न आजको यस विशेष दिनले हामी सबैलाई थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास मैले लिएको छु । प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेलाई कानुन दिवसको रूपमा मनाइँदै आइएको छ । नेपालको संविधानले न्यायपालिकालाई सुम्पिएको न्याय सम्पादनको गहन र महत्त्वपूर्ण जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्नको लागि पञ्चवर्षीय रणनीतिक योजनामार्फत न्यायिक सुधारका विभिन्न कार्यहरू अगाडि बढाइरहेको भन्दै उनले न्यायमा सबैको सहज पहुँच पुयाउन सूचना प्रविधिको प्रयोगलाई अझ बढाइँदै जाने प्रतिबद्धता जनाएका छन् ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.