Gundruk Online
Thursday, October 16, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » दोस्रो स्थानको कोलकाता र तेस्रो स्थानको लखनउबिच रोमाञ्चक भिडन्त

दोस्रो स्थानको कोलकाता र तेस्रो स्थानको लखनउबिच रोमाञ्चक भिडन्त


दोस्रो स्थानको कोलकाता र तेस्रो स्थानको लखनउबिच रोमाञ्चक भिडन्त

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ सिजनमा आइतबार दुई खेल हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ । उक्त खेल धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।आइतबारको दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र कोलकाता नाइट राइडर्सबिच हुनेछ । उक्त खेल राति ७ः४५ बजे लखनउस्थित अटल बिहारी वाजपेई (ईकाना) क्रिकेट स्टेडियममा सुरु हुनेछ । जारी सिजन यी दुबै टोलीले आफ्नो ११औँ खेल खेल्न लागेका हुन् । आईपीएलको १७औँ संस्करणमा कोलकाता र लखनउबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म यी दुबै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । कोलकाताले यसअघि खेलिएको १० मध्ये सात खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।कोलकाता १४ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । लखनउले भने यसअघि खेलिएको १० मध्ये ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । लखनउ १२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । जारी सिजनको आईपीएलमा कोलकाता र लखनउबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको खेलमा कोलकाताले लखनउलाई आठ विकेटले हराएको थियो । उक्त खेल कोलकाताको घरेलु मैदानमा खेलिएको थियो ।इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जाइन्ट्स र कोलकाता नाइट राइडर्सबिच कुल चार खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा लखनउले कोलकातालाई हराएको छ । बाँकी एक खेलमा भने कोलकाता विजयी भएको छ । लखनउमा यी दुई टोली पहिलो पटक भिडन लागेका हुन् । जारी सिजनको इन्डियन प्रिमियर लिगमा लखनउका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान केएल राहुल हुन् । उनले टोलीका लागि हालसम्म १० खेल खेल्दै कुल चार सय ६ रन बनाइसकेका छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा मार्कुस स्टोइनिस दोस्रो स्थानमा छन् ।स्टोइनिसले हालसम्म १० खेल खेल्दै तीन सय १६ रन बनाएका छन् । निकोलस पुरनले पनि टोलीको खातामा तीन सय पाँच रन थपेका छन् । टोलीका लागि सर्वाधिक विकेट लिने बलर भने यश ठाकुर हुन् । उनले आठ खेलमा १० विकेट लिएका छन् ।जारी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सका अलराउन्डर सुनिल नारिन लयमा देखिएका छन् । कोलकाताका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने फिल साल्ट हुन् । उनले १० खेलमा कुल तीन सय ९७ रन बनाएका छन् ।सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा सुनिल नारिन दोस्रो स्थानमा छन् । उनले तीन सय ८० रन बनाइसकेका छन् । टोलीका लागि सर्वाधिक विकेट लिने बलर पनि सुनिल नारिन नै हुन् । उनले १० खेलमा १३ विकेट लिइसकेका छन् । इन्डियन प्रिमियर लिगमा आइतबारको दोस्रो खेल हुने इकाना क्रिकेट स्टेडियमको पिच खासगरी स्पिन बलरलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको १३ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । यसैगरी ६ खेलमा जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा खेलिएको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । यो सिजनको आईपीएलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले फाइदा उठाएका छन् ।इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबिच खेल हुने दिन आइतबार लखनउमा चर्को गर्मी हुने बताइएको छ । आइतबार लखनउको तापक्रम २६ देखि ४३ डिग्री सेल्सियसको बिचमा रहने छ । आइतबार लखनउमा वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान तथा विकेटकिपर), मार्कुस स्टोइनिस, दीपक हुड्डा, निकोलस पुरन, एस्टन टर्नर, आयुष बडोनी, क्रुणाल पाण्ड्या, रवि बिस्नोई, नविन उल हक, यश ठाकुर र मोहसिन खान । इम्प्याक्ट प्लेयर : प्रेरक मांकड ।कोलकाता नाइट राइडर्स : श्रेयस ऐयर (कप्तान), फिल साल्ट (विकेटकिपर), सुनिल नारिन, अंगकृष रघुवंशी, वेंकटेश ऐयर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वैभव अरोडा र वरुण चक्रवर्ती । इम्प्याक्ट प्लेयर : मनिष पाण्डे, हर्षित राणा ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

थारु समुदायमा घोर्वा पूजा

थारु समुदायमा घोर्वा पूजा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.