Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » आईपीएलमा आज : बलियो कोलकातालाई निरीह बैंगलुरुको चुनौती

आईपीएलमा आज : बलियो कोलकातालाई निरीह बैंगलुरुको चुनौती


आईपीएलमा आज : बलियो कोलकातालाई निरीह बैंगलुरुको चुनौती

 इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको १७औँ संस्करणमा आइतबार दुई खेल हुँदै छन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेलिने छ । दोस्रो खेल पञ्जाब किङ्स र टाइटन्सबिच हुनेछ ।कोलकाता र बैंगलुरुबिचको खेल दिउँसो ३ः४५ बजे इडेन गार्डेन्स स्टेडियममा सुरु हुनेछ । इडेन गार्डेन्स कोलकाताको घरेलु मैदान हो । जारी सिजनको आईपीएलमा कोलकाताले आफ्नो सातौँ खेल खेल्न लागेको हो ।कोलकाता यसअघि खेलिएको ६ मध्ये चार खेलमा विजयी र दुई खेलमा पराजित भएको छ । कोलकाता आठ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । तालिकामा राजस्थान रोयल्स १२ अंकसहित पहिलो र सनराइजर्स हैदराबाद १० अंकसहित दोस्रो स्थानमा छन् ।कोलकाताले सिजनको गतिलो सुरुआत गरेको थियो । कोलकाताले सुरुकै तीनवटा खेलमा सफलता हात पारेको थियो । कोलकाताले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई चार रनले र दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई सात विकेटले हराएको थियो ।आफ्नो तेस्रो खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई एक सय ६ रनको फराकिलो अन्तरले हराएको थियो । कोलकाता आफ्नो चौथो खेलमा भने चेन्नई सुपर किङ्ससँग पराजित भएको थियो । पाँचौँ खेलमा लुखनउ सुपर जाइन्ट्सलाई हराएको कोलकाताले छैटौँ खेलमा भने राजस्थान रोयल्ससँग हार ब्यहोरेको थियो ।बैंगलुरुले भने जारी सिजनको आईपीएलमा आफ्नो आठौँ खेल खेल्न लागेको हो । जारी सिजनमा बैंगलुरुले अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै आएको छ । बैंगलुरु यसअघि खेलिएको सातमध्ये केवल एक खेलमा विजयी र ६ खेलमा पराजित भएको छ ।बैंगलुरु केवल दुई अंकसहित तालिकाको अन्तिम स्थानमा आसिन छ । जारी सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले हराएको एकमात्र टोली पञ्जाब किङ्स हो । अन्य सबै टोलीसँग बैंगलुरु पराजित हुँदै आएको छ ।इन्डियन प्रिमियर लिगमा हालसम्म रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबिच कुल ३३ खेल खेलिएको छ । त्यसमध्ये १९ खेलमा कोलकाताले बैंगलुरुलाई हराएको छ । बाँकी १४ खेलमा बैंगलुरुले सफलता हात पारेको छ ।यी दुई टोलीबिच आईपीएलमा हालसम्म भएको भिडन्तमा कोलकाताले ५४ प्रतिशत खेलमा सफलता हात पारेको छ । कोलकाताको घरेलु मैदान इडेन गार्डेन्समा भने यी दुई टोलीबिच हालसम्म ११ खेल खेलिएको छ ।त्यसमध्ये सात खेलमा कोलकाताले बैंगलुरुलाई हराएको छ । बाँकी चार खेलमा भने बैंगलुरुले कोलकातालाई पराजित गरेको छ । जारी सिजनको आईपीएलमा भने यी दुई टोलीबिच पहिलो पटक भिडन्त हुन लागेको हो । यसअघि बैंगलुरुको घरेलु मैदानमा खेलिएको खेलमा कोलकाताले बैंगलुरुलाई सात विकेटले हराएको थियो ।जारी सिजनको इन्डियन प्रिमियर लिगमा कप्तान श्रेयस ऐयरले गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । टोलीका लागि यो चिन्ताको विषय हो । कोलकाताका लागि यो सिजन सर्वाधिक रन बनाउने खेलाडी भने सुनिल नारिन हुन् ।सुनिल नारिनले यसअघि खेलिएको ६ खेलमा कुल दुई सय ७६ रन बनाइसकेका छन् । कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर भने वैभव अरोडा हुन् । उनले हालसम्म चार खेल खेल्दै सात विकेट लिइसकेका छन् । हर्षित राणा र सुनिल नारिनले पनि सात–सात विकेट हात पारेका छन् ।इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा रोयल च्यालेन्जर्स बैंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । उनले टोलीका लागि सात खेलमा कुल तीन सय ६१ रन बनाइसेका छन् । यस क्रममा उनले एक शतक पनि प्रहार गरेका छन् । टोलीका लागि सबैभन्दा बढी विकेट लिने बलर भने यश दयाल हुन् । उनले हालसम्म ६ खेलमा पाँच विकेट लिएका छन् ।रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबिच आइतबारको खेल हुने इडन गार्डेन्स स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको ८९ खेल खेलिएको छ ।यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले ३६ खेल जितेको छ । जवाफी ब्याटिङमा ओर्लिएको टोलीले हालसम्म ५३ खेलमा सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर चार विकेट गुमाएर दुई सय ३५ रन हो । उक्त स्कोर अघिल्लो वर्षको आईपीएलमा चेन्नईले कोलकाताविरुद्ध बनाएको थियो ।कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेल हुने दिन आइतबार कोलकातामा चर्को गर्मी हुने बताइएको छ । आइतबार कोलकातामा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोलकाताको तापक्रम २९ देखि ४१ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।कोलकाता नाइट राइडर्स : श्रेयस ऐयर (कप्तान), फिल साल्ट (विकेटकिपर), सुनिल नारिन, वेंकटेश ऐयर, अगकृष रघुवंशी, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षित राणा । इम्प्याक्ट प्लेयर : वैभव अरोडा ।रोयल च्यालेन्जर्स बैंगलुरु : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक्स, सौरव चौहान, रजत पाटिदार, दिनेश कार्तिक (विकेटकिपर), महिपाल लोमरोर, रिसे टप्ली, विजय कुमार वैशाख, यश दयाल र लोकी फर्गुसन । इम्प्याक्ट प्लेयर : कर्ण शर्मा ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.