Gundruk Online
Wednesday, November 5, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?

कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?


कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?

सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई कुल ५१ अर्ब ८८ करोड ९५ लाख रुपैयाँको बजेट सीमा (सिलिङ) तोकेको छ । चालु आर्थिक वर्षको बजेट सिलिङभन्दा आगामी आर्थिक वर्षको सिलिङ करिब ५८ करोड रुपैयाँले घटेको हो ।मन्त्रालयले चालु वर्षका लागि ५२ अर्ब ४६ करोड रुपैयाँको सिलिङ तोकेको थियो । तर पछि सो रकम बढाएर ५८ अर्ब ९८ करोड रुपैयाँ छुट्याइएको थियो ।मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट रकम सात वटा शीर्षकमा छुट्याएको छ । जसमध्ये अधिकांश बजेट रासायनिक मल खरिदका लागि खर्च हुने देखिन्छ ।योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख तथा सहसचिव डा. राजेन्द्र मिश्रका अनुसार आगामी आर्थिक वर्षका लागि निर्धारित सिलिङ अनुसार बजेटको खाका तयार पारिएको छ ।चालु आर्थिक वर्षका लागि ३० अर्ब रुपैयाँ रासायनिक मललाई छुट्याइएको थियो । आगामी आर्थिक वर्षका लागि पनि ३० अर्ब (कुल बजेटको ५७.८२ प्रतिशत) रासायनिक मलका लागि छुट्याउने मन्त्रालयको योजना छ ।हालसम्म पुरानो योजना शीर्षकमै बजेट छुट्याइएको छ । सोही शीर्षकभित्र नयाँ योजना समेटिन सक्ने योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख मिश्रले बताए ।देशभर सञ्चालित सात वटा आयोजना अन्तर्गत कुल बजेटको १८.६४ प्रतिशत रकम छुट्याएको छ । ती आयोजनाका लागि ९ अर्ब ६७ करोड ३९ लाख ६७ हजार रुपैयाँ बजेट छुट्याइएको मिश्रले उल्लेख गरे ।यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाका लागि ५.५५ प्रतिशत अर्थात् २ अर्ब ८७ करोड ९९ लाख २८ हजार रुपैयाँ छुट्याइएको डा. मिश्रले जानकारी दिए ।उखु उत्पादक कृषकहरूलाई अनुदान भुक्तानी दिन २.७९ प्रतिशत रकम विनियोजन गरिएको छ । जसका लागि १ अर्ब ४५ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, बाली तथा पशुपन्छी बीमाका लागि १.५६ प्रतिशत अर्थात् ८१ करोड रुपैयाँ बजेट निर्धारण गरिएको छ ।कृषि अनुसन्धान कार्यक्रमका लागि ६.८४ प्रतिशत बजेट निर्धारण गरिएको छ । जसका लागि ३ अर्ब ५५ करोड रुपैयाँ छुट्याइएको छ ।यस्तै, कार्यक्रम, उपभोग लगायतका लागि ६.७९ प्रतिशत बजेट छुट्याइएको छ । यो शीर्षकमा ३ अर्ब ५२ करोड ५६ लाख ५ हजार रुपैयाँ निर्धारण भएको छ ।केन्द्र सरकारले बीमा र उखु किसानलाई अनुदान बापत रकम दिने गरेको छ । तर आगामी वर्षका लागि यी शीर्षकका लागि  ५ अर्ब ४५ करोड रुपैयाँ रकम अपुग हुने देखिएको छ ।उखु उत्पादक कृषकहरूलाई अनुदानबापत भुक्तानी दिन १ अर्ब ४५ करोड रुपैयाँ छुट्याइएको छ । तर सोही मात्रामा थप रकम अपुग रहेको डा. मिश्रले बताए ।बाली तथा पशुपन्छी बीमा भुक्तानीका लागि ८१ करोड रकम छुट्याइएको छ । डा. मिश्रका अनुसार गत पुससम्मको बीमा रकम करिब ३ अर्ब १० करोड रुपैयाँ किसानलाई भुक्तानी हुन सकेको छैन । बाली तथा पशुपन्छी बीमा गरेका किसानलाई अनुदान दिने रकम ४ अर्ब अपुग भएको उनले सुनाए । 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

थारु समुदायमा घोर्वा पूजा

थारु समुदायमा घोर्वा पूजा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.