Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » आईपीएलमा आज : नयाँ रङ्गशालामा पहिलो पटक भिड्दै मुम्बई र पन्जाब

आईपीएलमा आज : नयाँ रङ्गशालामा पहिलो पटक भिड्दै मुम्बई र पन्जाब


आईपीएलमा आज : नयाँ रङ्गशालामा पहिलो पटक भिड्दै मुम्बई र पन्जाब

 इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बिहीबार पन्जाब किङ्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । खेल पन्जाबको घरेलु मैदान महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।जारी सिजनको आईपीएलमा पन्जाब र मुम्बई दुवैले आफ्नो सातौँ खेल खेल्न लागेका हुन् । पन्जाबले यसअघि खेलिएको ६ मध्ये दुई खेलमा जित र चार खेलमा हारको नजिता निकालेको छ । पन्जाब चार अङ्कसहित तालिकाको आठौँ स्थानमा आसीन छ ।पन्जाबले जितसँगै जारी सिजनको सुरुआत गरे पनि त्यसपछिका खेलमा भने निराशाजनक प्रदर्शन गर्दै आएको छ । पन्जाबले आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई चार विकेटले हराएको थियो । पन्जाब आफ्नो दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग चार विकेटले पराजित भएको थियो ।आफ्नो तेस्रो खेलमा पनि पन्जाबको टोली लखनउ सुपर जाइन्ट्ससँग २१ रनले हारेको थियो । चौथो खेलमा पन्जाबले गुजरात टाइटन्सलाई तीन विकेटले हराएको थियो । पाँचौँ खेलमा पन्जाबको टोली सनराइजर्स हैदराबादसँग दुई रनले र छैटौँ खेलमा राजस्थान रोयल्ससँग तीन विकेटले हारेको थियो ।यसैगरी मुम्बई इन्डियन्सले पनि जारी सिजनको आईपीएलमा निराशाजनक प्रदर्शन गर्दै आएको छ । मुम्बई यसअघि खेलिएको ६ मध्ये दुई खेलमा विजयी र चार खेलमा पराजित भएको छ । मुम्बई चार अङ्कसहित तालिकाको नवौँ स्थानमा आसीन छ ।मुम्बई आफ्नो पहिलो खेलमा गुजरात टाइटन्ससँग ६ रनले, दोस्रो खेलमा सनराइजर्स हैदराबादसँग ३१ रनले र तेस्रो खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा भने मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको थियो ।त्यसलगत्तै खेलिएको अर्को खेलमा पनि मुम्बईले सफलता हात पारेको थियो । मुम्बईले आफ्नो पाँचौँ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई सात विकेटले हराएको थियो । मुम्बईको टोली आफ्नो छैटौँ खेलमा चेन्नई सुपर किङ्ससँग २० रनले पराजित भएको थियो ।इन्डियन प्रिमियर लिगको इतिहासमा मुम्बई सबैभन्दा सफल टोली हो । हालसम्म मुम्बईले पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । तर, जारी सिजनमा भने मुम्बईले अत्यन्तै खराब प्रदर्शन गर्दै आएको छ ।आईपीएलमा हालसम्म मुम्बई इन्डियन्स र पन्जाब किङ्सबिच कुल ३१ खेल खेलिएको छ । त्यसमध्ये १६ खेलमा मुम्बई इन्डियन्सले पन्जाब किङ्सलाई हराएको छ । बाँकी १५ खेलमा भने पन्जाब किङ्सले सफलता हात पारेको छ । महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भने यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन् ।जारी सिजनको आईपीएलमा पञ्जाबका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान शिखर धवन हुन् । तर, स्वास्थ्य समस्याका कारण उनी अझ केही समय मैदान बाहिर रहने छन् । पञ्जाबका लागि यो दुःखद पक्ष हो ।खर धवनको अनुपस्थितिमा पञ्जाबका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान शशांक सिंह हुन् । उनले टोलीका लागि हालसम्म एक अर्धशतकको मद्दतले कुल एक सय ४६ रन बनाएका छन् । पञ्जाबका लागि सर्वाधिक विकेट लिने बलर भने कागिसो राबडा हुन् । उनले नौ विकेट लिएका छन् ।रोहित शर्मा मुम्बई इन्डियन्सको सर्वाधिक सफल कप्तान हुन् । उनकै कप्तानीमा मुम्बईले पटक–पटक आईपीएलको उपाधि चुमेको थियो । तर, जारी सिजनको आईपीएलमा भने उनी कप्तानको भूमिकामा छैनन् । उनको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तान बनाइएको छ ।तर, आईपीएलको १७औँ संस्करणमा पनि मुम्बईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने रोहित शर्मा नै हुन् । उनले हालसम्म टोलीका लागि कुल दुई सय ६१ रन बनाइसकेका छन् । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर भने जसप्रित बुमराह हुन् । उनले १० विकेट लिएका छन् ।मुम्बई इन्डियन्स र पन्जाब किङ्सबिच बिहीबारको खेल हुन लागेको महाराजा यादवेन्द्रसिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हालसम्म आईपीएलको तीन खेलमात्र खेलिएको छ । यो नयाँ स्टेडियम हो । यो स्टेडियममा हालसम्म बनेको उच्च स्कोर नौ विकेट गुमाएर एक सय ८२ रन हो । यो रन पन्जाबविरुद्ध हैदराबादले बनाएको थियो । उक्त रोमाञ्चक खेलमा हैदराबाद दुई रनले विजयी भएको थियो । यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले एक र जवाफी ब्याटिङ गर्ने टोलीले दुई खेल जितेका छन् ।मुम्बई इन्डियन्स र पन्जाब किङ्सबिच खेल हुने  दिन बिहीबार मुल्लापुरको आकाश बादलले ढाकिएको हुनेछ । बादल लागे पनि बिहीबार वर्षाको सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहीबार मुल्लापुरको तापक्रम २१ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने छ ।पन्जाब किङ्स : साम कुर्रन (कप्तान), अथर्व तायडे, जोनी बेयरस्टो, प्रभसिमरन सिंह, लियाम लिभिङस्टोन, जितेश शर्मा (विकेटकिपर), शशांक सिंह, हरप्रित बरार, कागिसो राबडा, हर्षल पटेल र अर्शदीप सिंह । इम्प्याक्ट प्लेयर : आशुतोष शर्मा ।मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, ईशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, मोहम्मद नाबी, आकाश मधवाल, जेराल्ड कोट्जी र जसप्रित बुमराह । इम्प्याक्ट प्लेयर : श्रेयष गोपाल ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.