Gundruk Online
Tuesday, September 15, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » आईपीएलमा आज : अहमादाबादमै दोस्रो पटक गुजरातलाई हराउने धुनमा दिल्ली

आईपीएलमा आज : अहमादाबादमै दोस्रो पटक गुजरातलाई हराउने धुनमा दिल्ली


आईपीएलमा आज : अहमादाबादमै दोस्रो पटक गुजरातलाई हराउने धुनमा दिल्ली

sharethis sharing buttonइन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बुधवार ३२औँ खेल खेलिँदै छ । बुधवारको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।जारी आईपीएलमा गुजरात टाइटन्सको यो सातौँ खेल हो । गुजरातले यसअघि खेलिएको ६ मध्ये तीन खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । हाल गुजरात ६ अङ्कसहित तालिकाको छैटौँ स्थानमा आसीन छ ।गुजरातले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो । गुजरात आफ्नो दोस्रो खेलमा चेन्नई सुपर किङ्ससँग ६३ रनले पराजित भएको थियो । तेस्रो खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो ।चौथो खेलमा गुजरातको टोली पन्जाब किङ्ससँग तीन विकेटले पराजित भएको थियो । पाँचौँ खेलमा गुजरातलाई लखनउ सुपर जाइन्ट्सले ३३ रनले पराजित गरेको थियो । छैटौँ खेलमा भने गुजरातले राजस्थान रोयल्सलाई तीन विकेटले पाखा लगाएको थियो ।यसैगरी जारी आईपीएलमा दिल्ली क्यापिटल्सको पनि यो सातौँ खेल हो । दिल्लीले यसअघि खेलिएको ६ मध्ये दुई खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । दिल्ली क्यापिटल्स हाल चार अङ्कसहित तालिकाको नवौँ स्थानमा आसीन छ ।दिल्ली आफ्नो पहिलो खेलमा पन्जाब किङ्ससँग चार विकेटले र दोस्रो खेलमा राजस्थान रोयल्ससँग १२ रनले पराजित भएको थियो । तेस्रो खेलमा भने दिल्लीले चेन्नई सुपर किङ्सलाई २० रनले पराजित गरेको थियो ।चौथो खेलमा दिल्लीलाई कोलकाता नाइट राइडर्सले एक सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पाँचौँ खेलमा मुम्बई इन्डियन्सले पनि दिल्लीलाई २९ रनले हराएको थियो । छैटौँ खेलमा भने दिल्लीले लखनउ सुपर जाइन्ट्सलाई ६ विकेटले पराजित गरेको थियो ।इन्डियन प्रिमियर लिगमा हालसम्म गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबिच कुल तीन खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा गुजरातले दिल्लीलाई पराजित गरेको छ । बाँकी एक खेलमा भने दिल्लीले गुजरातलाई हराएको छ ।दिल्लीले गुजरातलाई यसअघि अहमादबादस्थित नरेन्द्र मोदी स्टेडियममै हराएको थियो । उक्त खेलमा दिल्लीले गुजरातमाथि पाँच रनको रोमाञ्चक जित हासिल गरेको थियो । नरेन्द्र मोदी स्टेडियममा यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् ।आईपीएलको १७औँ संस्करणमा गुजरातका लागि सर्वाधिक रन बनाउने खेलाडी शुभमन गिल हुन् । गुजरातले पछिल्लो खेलमा राजस्थान रोयल्सलाई तीन विकेटले हराएको थियो । त्यो खेलमा पनि कप्तान शुभमन गिलले ७२ रन बनाएका थिए ।गिलले जारी सिजनको आईपीएलमा गुजरातका लागि दुई सय ५५ रन बनाइसकेका छन् । गुजरातका लागि सर्वाधिक विकेट लिने बलर भने मोहित शर्मा हुन् । मोहितले हालसम्म टोलीका लागि आठ विकेट लिइसकेका छन् ।इन्डियन प्रिमियर लिगको जारी सिजनमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान ऋषभ पन्त हुन् । उनले हालसम्म कुल एक सय ९४ रन बनाएका छन् । दिल्लीले आफ्नो पछिल्लो खेलमा लखनउलाई ६ विकेटले हराएको थियो । लखनउविरुद्धको उक्त खेलमा खेलमा दिल्लीका लागि ज्याक फ्रेजरले अर्धशतक बनाएका थिए ।आईपीएलमा फ्रेजरको त्यो ‘डेब्यू’ खेल थियो । त्यो खेलमा दिल्लीका लागि कप्तान ऋषभ पन्तले पनि ४१ रन बनाएका थिए । बुधवारको खेलमा पनि दिल्लीले यी दुई खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आश गरेको छ । दिल्लीका लागि सर्वाधिक विकेट लिने बलर भने खलिल अहमद हुन् । उनले हालसम्म नौ विकेट लिइसकेका छन् ।इन्डियन प्रिमियर लिगमा दिल्ली र गुजरातबिच बुधवारको खेल खेलिने अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियमको पिच ब्याट्सम्यानका लागि निकै उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रुपमा बढी रन बन्ने गरेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ३० खेल खेलिएको छ ।त्यसमध्ये १४ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । बाँकी १६ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको इतिहास छ । यो स्टेडियममा बनेको उच्च स्कोर तीन विकेट गुमाएर दुई सय ३३ रन हो । यो स्कोर अघिल्लो सिजनको आईपीएलमा गुजरातले मुम्बईविरुद्ध बनाएको थियो ।गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबिचि खेल हुने दिन बुधवार अहमादाबादमा अत्यधिक गर्मी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधवार अहमादाबादमा वर्षाको कुनै सम्भावना नरहेको बताइएको छ । अहमादाबादको तापक्रम २९ देखि ४२ डिग्री सेल्सियसको बिचमा रहने छ ।गुजराज टाइटन्सविरुद्धको खेलअघि दिल्ली क्यापिटल्सका अलराउन्डर खेलाडी मिचेल मार्श घाइते भएर आफ्नो देश अस्ट्रेलिया फर्किएका छन् । दिल्लीका लागि यो घाटाको विषय हो । बुधवारको खेलमा डेभिड वार्नरले खेल्ने सम्भावना पनि निकै कम देखिन्छ । वार्नर पनि हाल अस्वस्थ्य रहेको समाचारमा जनाइएको छ । यद्दपि, यस विषयमा क्लबले भने केही बताएको छैन ।गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सदुर्शन, विजय शंकर, अभिनव मनोहर, म्याथ्यू वेड (विकेटकिपर), राहुल तेवतिया, राशिद खान, नुर अहमद, स्पेन्सर जोन्सन, मोहित शर्मा र उमेश यादब । इम्प्याक्ट प्लेयर : शाहरुख खान ।दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), पृथ्वी शा, डेभिड वार्नर, शाह होप, ट्रिस्टन स्टब्स, अक्षर पटेल, ज्याक फ्रेजर, कुलदीप यादब, मुकेश कुमार, ईशान्त शर्मा र खलिल अहमद । इम्प्याक्ट प्यलेयर : अभिषेक पोरेल । 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.