Home » वैशाख ८ मा इलाम–२ को चुनावी सभालाई महामन्त्रीद्वयले सम्बोधन गर्ने
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वैशाख ८ मा इलाम–को चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । यही वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डम्बर खड्काको चुनावी सभालाई महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने भएका हुन् । इलामको लाँकुरी चौतारीमा वैशाख ८ गते १२ः ३० बजे चुनावी खुला सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । यसअघि इलाम– २ को घरदैलो अभियानमा सहभागी भएका महामन्त्री थापा ८ गते इलाम जाने कार्यक्रम छ । इलाम– २ का चुनावी कमान्डर समेत रहेका अर्का महामन्त्री शर्मा अहिले पनि घरदैलो अभियानमा सरिक छन् । नेपाली कांग्रेस इलाम नगर समितिले महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने खुला सभा आयोजना गरेको छ ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.