Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » हैदराबाद र बैंगलुरुको खेलमा रन वर्षा : कस्ता-कस्ता कीर्तिमान बने ?

हैदराबाद र बैंगलुरुको खेलमा रन वर्षा : कस्ता-कस्ता कीर्तिमान बने ?


हैदराबाद र बैंगलुरुको खेलमा रन वर्षा : कस्ता-कस्ता कीर्तिमान बने ?

 सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु सनराइजर्स हैदराबादसँग २५ रनले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ८७ रन बनायो । टोलीले यसअघि गत २७ मार्चमा मुम्बई इन्डियन्सविरुद्ध आफैले बनाएको २ सय ७७ रनको कीर्तिमान तोड्यो ।जवाफी ब्याटिङमा उत्रेको बै‌ंगलुरुले ७ विकेटको क्षतिमा २ सय ६२ रन बनाए पनि हार टार्न सकेन । खेलमा  थुप्रै कीर्तिमानहरू भत्किए भने नयाँ कीर्तिमानहरू बने । यस्ता छन् खेलमा बनेका कीर्तिमानहरू :२८७/३ – रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध सनराइजर्स हैदराबादले बनाएको स्कोर । आईपीएलको इतिहासमा यो सबैभन्दा उच्च स्कोर हो । तीन हप्ताअघि हैदराबादले नै मुम्बई इन्डियन्सविरुद्ध बनाएको ३ विकेटको क्षतिमा २ सय ७७ रनको कीर्तिमान तोडिएको हो ।१ – पुरुष टी–२० खेलमा सनराइजर्स हैदाराबादले बनाएको स्कोरभन्दा पनि उच्च स्कोरको सङ्ख्या । यो स्कोरभन्दा बढी मात्र नेपालले एसियन्स गेम्समा मंगोलियाविरुद्ध ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको छ ।५४९ – सोमबार हैदराबाद र बैंगलुरुले चिन्नस्वामी रंगशालामा बनाएको कूल रन । कुनै पनि टी–२० खेलमा बनेको यो सबैभन्दा धेरै रन हो । यसअघि हैदराबादमा हैदराबाद र मुम्बईको खेलमा ५ सय २३ रन बनेको थियो ।२२ – हैदराबादका ब्याटरले बैंगलुरुविरुद्ध हिर्काएको छक्काको सङ्ख्या । कुनै पनि आईपीएलको इनिङ्समा प्रहार गरिएको सबैभन्दा धेरै छक्का हो । यसअघि बैंगलुरुले सन् २०१३ मा पुणे वारियर्सविरुद्ध २१ वटा छक्का प्रहार गरेको थियो ।३८ – सोमबारको खेलमा प्रहार गरिएको कूल छक्काको सङ्ख्या । कुनै पनि टी–२० खेलमा हिर्काएको सबैभन्दा धेरै छक्काको कीर्तिमान बराबरी भएको हो  । यसअघि यही सिजन हैदराबाद र मुम्बईविरुद्धको खेलमा यो रेकर्ड बनेको थियो ।८१ – दुवै टोलीले सोमबार हिर्काएको बाउन्ड्रीको सङ्ख्या । कुनै पनि टी–२० खेलमा हिर्काइएको सबैभन्दा धेरै बाउन्ड्रीको कीर्तिमान बराबरी भएको छ । यसअघि सन् २०२३ मा सेन्चुरियनमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्धको खेलमा यो कीर्तिमान कायम भएको थियो ।२६२/७ – बैंगलुरुले हैदराबादविरुद्ध बनाएको रन कुनै पनि टोलीले टी–२० खेलमा हार्दा बनाएको सबैभन्दा उच्च स्कोर हो । यसअघि सन् २०२३ मा वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध सेन्चुरियनमा ५ विकेटको क्षतिमा २ सय ५८ रन बनाएको थियो ।३९ – ट्राभिस हेडलाई शतक बनाउन लागेको बलको सङ्ख्या । आईपीएलको इतिहासमा यो चौथो चाँडो शतक थियो । क्रिस गेलले सन् २०१३ मा पुणेविरुद्ध यही मैदानमा ३० बलमा कीर्तिमानी शतक हिर्काएका थिए ।हेडले बनाएको शतक हैदराबादको लागि भने सबैभन्दा चाँडो हो । यसअघि डेविड वार्नरले सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध ४३ बलमा शतक बनाएका थिए ।१ – आईपीएलमा हैदराबाद एक पटकभन्दा बढी २५० प्लस रन बनाउने पहिलो टोली बन्यो । लगत्तै बैंगलुरु पनि दोस्रो टोली बन्यो । टी–२० मा सर्रे (३), योर्कसायर (२), चेक रिपब्लिक (२) र सोमरसेट (२)  एक पटकभन्दा बढी २ सय ५० प्लस रन बनाउने टोली हुन् ।४ – हैदराबादविरुद्ध बैंगलुरुका चार जना तीव्र गतिका बलरले ५० वा सोभन्दा बढी रन खर्चिए । रिस टोप्लीले ६८ रन, यश दयालले ५१ रन, लोकी फर्गुसनले ५२ रन र विजयकुमार भिसाकले ६४ रन खर्चिएका थिए । कुनै पनि पुरुष टी–२० खेलमा चारजना बलरले एकै इनिङ्समा ५० वा सोभन्दा रन खर्चिएको यो पहिलो अवसर थियो । यसअघि एकै इनिङ्समा दुई जनाभन्दा बढी बलरहरूले यति धेरै रन खर्चिएका थिएनन् ।४ – हैदराबादको इनिङ्समा भएको ५० वा सोभन्दा बढी रनको साझेदारी । ओपनरहरुले शतकीय साझेदारी गरेका थिए । एउटै टी–२० इनिङ्समा चारवटा ५० वा सोभन्दा बढी रनको साझेदारी भएको यो दोस्रो अवसर हो । यसअघि सन् २००८ मा कोलाकाताले बैंगलुरुविरुद्ध नै यो उपलब्धि हासिल गरेको थियो ।

  • ७ – सोमबार बैंगलुरुमा भएका ५० वा सोभन्दा बढी रनका साझेदारी । यसअघि कुनै पनि टी–२० खेलमा ५ वटाभन्दा बढी यस्तो साझेदारी भएको थिएन ।
  • १३ – बैंगलुरुविरुद्ध आईपीएलमा बनाइएको शतकको सङ्ख्या । कुनै पनि टोलीविरुद्ध आईपीएलमा बनेका सबैभन्दा धेरै शतक हो । दोस्रो स्थानमा १२ वटा शतकसहित मुम्बई छ ।७६ – हैदराबादले पावरप्लेमा बनाएको रनको सङ्ख्या । आईपीएलको इतिहासमा प्वारप्लेमा उनीहरूले बनाएको तेस्रो ठुलो स्कोर हो । यसअघि उनीहरूले मुम्बईविरुद्ध ८१ र चेन्नईविरुद्ध ७७ रन बनाएका थिए । एउटै आईपीएल सिजनमा पावरप्लेमा ७५ रनभन्दा बढी बनाउने हैदराबाद एक्लो टोली हो ।
  • १४.६ – हैदराबादलाई २ सय रन बनाउन लागेको ओभरको सङ्ख्या । आईपीएलमा यो तेस्रो चाँडो हो । यसअघि मुम्बईविरुद्ध हैदराबादले नै १४.४ ओभरमा २ सय रन पूरा गरेको थियो । सबैभन्दा चाँडो २ सय रन बनाएको कीर्तिमान भने बैंगलुरुको नाममा छ । बैंगलुरुले आफ्नै घरेलु मैदानमा किंग्स इलेभेन पञ्जाबविरुद्ध सन् २०१६ मा १५ ओभरको खेलमा १४.१ ओभरमा २ सय रन पूरा गरेको थियो ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.