Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » आईपीएलमा आज : दुई निरीह टोली मुम्बई र बैंगलुरु दोस्रो जितको खोजीमा

आईपीएलमा आज : दुई निरीह टोली मुम्बई र बैंगलुरु दोस्रो जितको खोजीमा


आईपीएलमा आज : दुई निरीह टोली मुम्बई र बैंगलुरु दोस्रो जितको खोजीमा

 इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा बिहीबार मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दै छ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।आईपीएलको जारी संस्करणमा मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको चारमध्ये एक खेलमा मात्र मुम्बईले जित हात पार्न सकेको छ । बाँकी तीन खेलमा भने मुम्बई पराजित भएको छ । मुम्बईले सुरुको तीन खेलमा लगातार हारको सामना गर्नु परेको थियो ।मुम्बई आफ्नो पहिलो खेलमा गुजरात टाइटन्ससँग ६ रनले र दोस्रो खेलमा सनराइजर्स हैदराबादसँग ३१ रनले पराजित भएको थियो । मुम्बई आफ्नो तेस्रो खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा भने मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको थियो ।बैंगलुरुले भने जारी सिजनको आईपीएलमा आफ्नो छैटौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको पाँचमध्ये एक खेलमा मात्र बैंगलरु विजयी भएको छ । बाँकी चार खेलमा बैंगलुरुले नमिठो हारको सामना गर्नु परेको छ ।बैंगलुरु आफ्नो पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग ६ विकेटले हारेको थियो । दोस्रो खेलमा भने बैगलुरुले पञ्जाब किङ्सलाई चार विकेटले हराएको थियो । त्यसपछि बैंगलुरु तेस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग सात विकेटले पराजित भएको थियो ।यसैगरी बैंगलुरु आफ्नो चौथो खेलमा लखनउ सुपर जाइन्ट्ससँग २८ रनले पराजित भएको थियो । बैंगलुरु पाँचौँ खेलमा पनि राजस्थान रोयल्ससँग ६ विकेटले हारेको थियो । समग्रमा जारी आईपीएलमा मुम्बई र बैंगलुरु दुबैको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ ।मुम्बई दुई अंकसहित तालिकाको आठौँ स्थानमा छ । समान अंक बटुलेको बैंगलुरु तालिकाको नवौँ स्थानमा आसिन छ । बैंगलुरुको तुलनामा मुम्बईको नेट रन रेट केही राम्रो छ । मुम्बई र बैंगलुरुबिच बिहीबार राति हुने खेल जारी आईपीएलको २५औँ खेल हो ।इन्डियन प्रिमियर लिगमा हालसम्म यी दुई टोलीबिच कुल ३२ खेल खेलिएको छ । यी दुई टोलीबिचको भिडन्तमा मुम्बई इन्डियन्स अगाडि देखिन्छ । ३२ मध्ये १८ खेलमा मुम्बई विजयी भएको छ । बाँकी १४ खेलमा बैंगलुरुले मुम्बईलाई हराएको छ । वानखेड स्टेडियममा भने यसअघि यी दुई टोलीबिच कुल नौ खेल खेलिएको छ । ६ खेलमा मुम्बई र तीन खेलमा बैंगलुरु विजयी भएका छन् ।मुम्बई इन्डियन्सले आफ्नो ओपनिङ जोडी रोहित शर्मा र इशान किशनबाट गतिलो प्रदर्शनको आस गरेको छ । सुरुआती खेलमा मुम्बईको ओपनिङ जोडीले खासै गतिलो प्रदर्शन गर्न सकेको थिएन । तर, यसअघि खेलिएको दिल्लीविरुद्धको खेलमा दुवै ओपनरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।रोहित र इशान किशनले ओपनिङ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । रोहितले ४९ र इशान किशनले ४२ रन बनाएका थिए । बैंगलुरुविरुद्धको खेलमा पनि आफ्ना ओपनरबाट मुम्बईले गतिलो प्रदर्शनको आस गरेको छ ।तिलक वर्माले भने मुम्बईका लागि औसतमा राम्रो प्रदर्शन गर्दै आएका छन् । जारी आईपीएलमा उनी मुम्बईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । सूर्यकुमार यादवबाट पनि मुम्बईले राम्रो प्रदर्शनको आशा गरेको छ । बलिङतर्फ जसप्रित बुमराह र जेराल्ड कोट्जीमाथि मुम्बईको विश्वास छ ।जारी आईपीएलमा बैंगलुरुका लागि अनुभवी ब्याट्सम्यान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी बैंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । यसअघि खेलिएको राजस्थान रोयल्सविरुद्धको खेलमा पनि उनले शतक बनाएका थिए ।यद्दपि, उक्त खेलमा विराटले सुस्त ब्याटिङ गरेको भन्दै उनको आलोचना पनि भएको थियो । विराट जारी सिजनको आईपीएमै सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । जारी आईपीएलमा उनले हालसम्म तीन सय १६ रन बनाइसकेका छन् ।बैंगलुरुका विदेशी खेलाडीहरु भने खासै लयमा आउन सकेका छैनन् । हालसम्म फाफ डु प्लेसिसले एक सय नौ, ग्लेन म्याक्सवेलले ३२ र क्यामरुन ग्रिनले ६८ रनमात्र बनाउन सकेका छन् । बैंगलुरुका बलरहरु भने खासै प्रभावकारी देखिएका छैनन् । यश दयालले सर्वाधिक पाँच विकेट लिएका छन् ।मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच बिहीबारको खेल हुने वानखेड स्टेडियमको पिच बलरभन्दा ब्याट्सम्यानहरुलाई बढी साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रुपमा बढी नै रन बन्ने गरेको देखिन्छ ।यो स्टेडियमको पिचले तिब्रगतिका बलरलाई पनि केही साथ दिन सक्छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल १११ खेल खेलिएको छ । त्यसमध्ये ५१ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएको छ ।बाँकी ६० खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको छ । यो स्टेडियममा एक पालीमा बनेको उच्च स्कोर एक विकेट गुमाएर २३५ रन हो । यो रन मुम्बईविरुद्ध सन् २०१५ मा बैंगलुरुले बनाएको थियो ।मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेल हुने दिन बिहीबार मुम्बईको मौसम सफा रहने छ । वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहीबार मुम्बईको तापक्रम २५ देखि ३५ डिग्री सेल्सियसको बिचमा रहने समाचारमा जनाइएको छ । हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकिपर), सूर्यकुमार यादब, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, मोहम्मद नाबी, पियुष चावला, जेराल्ड कोट्जी र जसप्रित बुमराह रहेका छन् । इम्प्याक्ट प्लेयरका रुपमा आकाश मधवाल रहेका छन् ।फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिन, दिनेश कार्तिक (विकेटकिपर), सौरव चौहान, रिसे टप्ली, मयंक डागर, यश दयाल र मोहम्मद सिराज रहेका छन् । इम्प्याक्ट प्लेयरका रुपमा महिपाल लोमरर रहेका छन् । 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.