Home » राष्ट्रपति पौडेलद्वारा छिन्नमस्ता मन्दिरमा पूजा अर्चना
राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मंगलबार बिहान दर्शन तथा पूजाअर्चना गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेकाे धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पाैडेलले बिशेष पुजा गर्नुका साथै टीका,फूल तथा प्रसाद ग्रहण गरेका हुन् ।राष्ट्रपति पाैडेल मन्दिरमा पुग्दा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए । साे अवसरमा गाउपालिका अध्यक्ष विधानन्नद चाैधरीले राष्ट्रपति पाैडेललाई मायाको चिनाे प्रदान गरे ।मन्दिर दर्शनपछि आयोजित समारोहमा पौडेलले छिन्नमस्ता तराइ- मधेशको प्राचीन र ऐतिहासिक शक्तिपिठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपया आउँदा खुसी लागेको बताए । उनले काेशी-कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न ज़रूरी रहेको उल्लेख गर्दै भने, ’सप्तरी मेरो मुटुमा छ । यो जिल्लाको हरेक कुरामा म साथमा छु ।’पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.