Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » झण्डै २० करोडको लगानीमा स्थापित प्रदेश प्रयोगशाला के गर्दैछ ?

झण्डै २० करोडको लगानीमा स्थापित प्रदेश प्रयोगशाला के गर्दैछ ?


झण्डै २० करोडको लगानीमा स्थापित प्रदेश प्रयोगशाला के गर्दैछ ?
२०७५ साल चैतमा स्थापना भएको कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउनेको चाप बढ्दै गएको छ । प्रदेशभरका सरकारी र निजीस्तरबाट प्रदान गरिने प्रयोगशाला सेवालाई भरपर्दो, गुणस्तरीय र व्यवस्थित बनाउन तथा प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा विशिष्टीकृत रिफरेन्स प्रयोगशाला सञ्चालन गर्ने प्रदेश सरकारको उद्देश्य थियो ।सोही उद्देश्यले स्थापना गरिएको प्रयोगशाला २०७६ साल साउनदेखि सञ्चालन भएको हो । १९३ खालका नमुना परीक्षण गर्ने प्रयोगशालाले आर्थिक वर्ष २०७८-०७९ मा १ हजार २४५ जनाले निःशुल्क परीक्षण गराएका थिए ।यस्तै आर्थिक वर्ष २०७९-८० को भदौदेखि चैतसम्ममा ४ हजार २५४ जनाले निःशुल्क परीक्षण गराए । प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि भने आर्थिक ऐनमै समावेश गरी न्यूनतम शुल्कमा आम सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेको छ ।यसरी शुल्क लिएर चालु आर्थिक वर्षमा भने प्रयोगशालाबाट ५ हजार ८६१ जनाले सेवा लिएका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रदेश प्रयोगशालामा स्वास्थ्य परीक्षण गर्न आउनेको सङ्ख्या ८ हजार नाघ्ने अनुमान गरिएको छ ।प्रदेश प्रयोगशालाले विभिन्न १० वटा प्याकेजमा पनि स्वास्थ्य परीक्षण गर्ने गरेको छ । प्रदेश प्रयोगशालामा कोशी प्रदेशका निजी तथा सरकारी प्रयोगशालाहरूमा नहुने परीक्षण समेत हुने गरेको निर्देशक प्रणव यादव बताउँछन् । ‘महिलाहरूको पाठेघरको क्यान्सरको जाँच पीसीआर परीक्षणबाटै गरिन्छ । कोशी प्रदेशका अन्य प्रयोगशालाहरूमा यो जाँच छैन,’ उनले भने, ‘यस्तै प्रदेशका अन्य प्रयोगशालामा परीक्षण नहुने रोगहरू कोभिड–१९ एन्टीबोडी, थालेसेमिया लगायतका ८ वटा रोगको परीक्षण पनि प्रदेश प्रयोगशालामा हुन्छ ।’ प्रदेश प्रयोगशालामा बाहिर भन्दा ४ गुणा सस्तो शुल्क रहेको उनको भनाइ छ ।यादवका अनुसार प्रयोगशालामा ११ जनाको दरबन्दी भए पनि ९ जना कर्मचारीसहित कार्यालय सहयोगी, स्वीपर र माली गरेर २० जनाभन्दा बढी कार्यरत छन् । प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउन आउने विपन्न, गरिव, सहिद परिवार, क्यान्सरका बिरामी र ज्येष्ठ नागरिकलाई नियमित लिने शुल्कमा पनि ९० प्रतिशत छुट गरिएको उनले बताए ।यस्तै प्रदेश सरकारका कर्मचारीका लागि ५० प्रतिशत छुट गरिएको छ । प्रदेश प्रयोगशालामा अहिले २० करोड बराबरको लगानी भएको छ भने लगानीको ९० प्रतिशत हिस्सा कोशी प्रदेश सरकारको हो ।  स्वास्थ्य परीक्षण बाहेक प्रदेश प्रयोगशालाले प्रदेशमा भएका निजी तथा सरकारी प्रयोगशालाको गुणस्तर नियन्त्रण, अनुगमन, अनुशिक्षण जस्ता काम गर्छ । यस्तै सी क्याटोगोरीका नयाँ संस्थाहरूलाई सञ्चालन गर्न अनुमति दिने, निदानात्मक सेवाहरू डाग्नोस्टिक सर्भिस, सर्ने रोग र नसर्ने रोगहरूको सर्भिलेन्सको पाटोमा पनि काम गर्ने यादवले बताए ।विभिन्न अनुसन्धानात्मक काम गर्ने, राष्ट्रिय कार्यक्रमहरू क्षय रोग, एचआइभी, कालाजार, मलेरिया, डेंगुजस्ता रोगहरूको परीक्षण गर्ने र प्रदेशभरका अन्य जिल्लामा भइरहेका काम पनि हेर्ने उनले बताए ।प्रदेश प्रयोगशालाले अनुसन्धानको क्षेत्रमा अघिल्लो आर्थिक वर्ष कालाजार रोग र कोभिड कालमा पनि कोरोनाको अनुसन्धान गरेको थियो । यस्तै अहिले इन्फ्लुइन्जा र पोलियोहरूको अनुसन्धान भइरहेको यादवले बताए ।प्रदेश प्रयोगशालाका प्रशासन शाखा प्रमुख रेवती ढुंगानाले जनशक्ति व्यवस्थापन र बजेट व्यवस्थापन चुनौतीपूर्ण देखिएको बताए । आगामी आर्थिक वर्षमा प्रदेश सरकारले बजेट र जनशक्तिको उचित व्यवस्थापन गर्न सके प्रदेश प्रयोगशालाबाट धेरै नागरिकले सर्वसुलभ स्वास्थ्य सेवा पाउने उनको भनाइ छ ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.