Home » आईपीएलमा आज : बैंगलुरुलाई उसैको घरमा चुनौती दिँदै लखनउ
इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा मंगलबार रोयल च्यालेन्जर्स बैंगलुरुले लखनउ सुपर जाइन्ट्सको सामना गर्दै छ । खेल बैंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार, राति ७ः४५ बजे सुरु हुनेछ ।जारी सिजनको आईपीएलमा बैंगलुरुले आफ्नो चौथो खेल खेल्न लागेको हो । लखनउले भने तेस्रो खेल खेल्न लागेको हो । यसअघि दुई खेल खेलेको लखनउले एक जित र एक हारको नतिजा निकालेको छ । लखनउ दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा आसीन छ ।रोयल च्यालेन्जर्स बैंगलुरुले भने यसअघि खेलिएको तीनमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । दुई अङ्कसहित बैंगलुरु तालिकाको नवौँ स्थानमा छ । यी दुवै टोलीले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैनन् ।इन्डियन प्रिमियर लिगमा हालसम्म यी दुई टोलीबिच कुल चार खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा बैंगलुरु विजयी भएको छ । एक खेलमा भने लखनउले बैंगलुरुलाई हराएको छ । अघिल्लो सिजनको आईपीएलमा लखनउले बैंगलुरुलाई एक विकेटले हराएको थियो ।केएल राहुल लखनउका कप्तान हुन् । तर, पञ्जाब किङ्सविरुद्धको खेलमा उनी कप्तानको भूमिकामा नभई इम्प्याक्ट प्लेयरको रूपमा मैदानमा ओर्लिएका थिए । राहुल घाइते भएका कारण उक्त खेलमा निकोलस पुरनले कप्तानको भूमिका निर्वाह गरेका थिए ।सोही कारणले केएल राहुल इम्प्याक्ट प्लेयरको रूपमा ब्याटिङ गर्न आएका थिए । उनले फिल्डिङ भने गरेका थिएनन् । उक्त खेलमा राहुलले १५ र पुरनले ४२ रन बनाएका थिए । मंगलबार हुने बैंगलुरुविरुद्धको खेलमा पनि राहुल इम्प्याक्ट प्लेयरकै भूमिकामा देखिने सम्भावना छ ।जारी सिजनको आईपीएलमा विराट कोहली बैंगलुरुका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले बैंगलुरुका लागि हालसम्म तीन खेलमा कुल एक सय ८१ रन बनाएका छन् । तीनमध्ये दुई खेलमा विराटले अर्धशतक पनि बनाएका छन् ।विराट कोहलीले दुवै अर्धशतक बैंगलुरुमा बनाएका थिए । यसका अतिरिक्त यश दयाल जारी सिजनको आईपीएलमा बैंगलुरुका सबैभन्दा बढी विकेट लिने बलर हुन् । उनले यसअघि खेलिएका तीनवटै खेलमा एक–एक विकेट लिएका छन् ।जारी सिजनको आईपीएलमा लखनउका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान निकोलस पुरन हुन् । उनले अघिल्लो खेलमा टोलीको कप्तानी पनि गरेका थिए । पुरनले हालसम्म टोलीका लागि एक सय ६ रन बनाइसकेका छन् । उनले पहिलो खेलमा ६४ रन बनाएका थिए ।दोस्रो खेलमा पनि उनले टोलीको खातामा ४२ रन थपेका थिए । त्यसैले मंगलबार खेलिने बैंगलुरुविरुद्धको खेलमा पनि लखनउले पुरनबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । यसका अतिरिक्त मयंक यादव टोलीका लागि सबैभन्दा बढी विकेट लिने बलर हुन् । उनले दुई खेलमा तीन विकेट लिएका छन् । बैंगलुरु र लखनउबिच मंगलबारको खेल हुने एम. चिन्नास्वामी स्टेडियमको पिच ब्याट्सम्यानलाई सहयोग पुर्याउने प्रकृतिको छ । यसअघि खेलिएको खेलले यही देखाउँछ । यहाँको पिचले बलरलाई भने खासै सहयोग पुर्याउँदैन ।त्यसैले यो स्टेडियममा टस जित्ने टोलीले पहिले फिल्डिङ गर्न रुचाउँछन् । यो स्टेडियममा हालसम्म आईपीएलको ९० खेल खेलिएको छ । त्यसमध्ये ३७ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएको छ । ४९ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छ । यो स्टेबैंगलुरु र लखनउबिच खेलडियममा खेलिएको चार खेल भने अनिर्णीत रूपमा सकिएको छ ।हुने दिन मंगलबार बैंगलुरुमा मौसम सफ रहने बताइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको कुनै सम्भावना छैन । बैंगलुरुमा मंगलबारको तापक्रम २२ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने छ । फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिन, दिनेश कार्तिक (विकेटकिपर), अनुज रावत, अल्जारी जोसेफ वा लोकी फर्गुसन, मयंक डागर, यश दयाल र मोहम्मद सिराज । सुयश प्रभुदेसाई, विजय कुमार व्यशक वा कर्ण शर्मा ।निकोलस पुरन (कप्तान), क्विन्टन डी कक, देवदत्त पाडिकल, दीपक हुडा, मार्कुस स्टोइनिस, आयुष बडोनी, कुणाल पाण्ड्या, रवि विस्नोई, मोहसिन खान, मयंक यादव र यश ठाकुर । : केएल राहुल । पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.