Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » धोनीले एक हातले प्रहार गरेको छक्कादेखि पाथिरानाले एक हातले लिएको क्याचसम्मको चर्चा

धोनीले एक हातले प्रहार गरेको छक्कादेखि पाथिरानाले एक हातले लिएको क्याचसम्मको चर्चा


धोनीले एक हातले प्रहार गरेको छक्कादेखि पाथिरानाले एक हातले लिएको क्याचसम्मको चर्चा

 इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार राति दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबिच खेल भएको थियो । उक्त खेलमा दिल्लीले साविक विजेता चेन्नईमाथि २० रनको रोमाञ्चक जित हासिल गर्यो ।त्यो खेलका क्रममा एकपछि अर्को रोचक घटना भएका थिए । खेलका क्रममा चेन्नईका बलर माथिसा पाथिरानाले लिएको एउटा फ्लाइङ क्याच निकै चर्चित बन्यो । तीव्र गतिका बलर पाथिरानाले उक्त फ्लाइङ क्याच एक हातले लिएका थिए ।दिल्लीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको थियो । १० औँ ओभर बलिङ गर्न चेन्नईका मुस्तफिजुर रहमान आएका थिए । मुस्तफिजुर रहमानले फालेको १० औँ ओभरको तेस्रो बलमा दिल्लीका ब्याट्सम्यान डेभिड वार्नरले बाउन्ड्री प्रहार गर्ने प्रयास गरेका थिए ।त्यसतिबेला ओपनर ब्याट्सम्यान वार्नर ३४ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५२ रन बनाउँदै क्रिजमा थिए । वार्नरले प्रहार गरेको बललाई त्यतिबेला थर्ड म्यानमा फिल्डिङ गरिरहेका पाथिरानाले आफ्नो दायाँतर्फ हावामा डाइभ गर्दै एक हाथले उत्कृष्ट क्याच लिएका थिए ।पाथिरानाले त्यो उत्कृष्ट क्याच लिएपछि वार्नर पेभेलियन फर्किएका थिए । त्यसअघि वार्नर पृथ्वी शाबिच  ९३ रनको साझेदारी भइसकेको थियो । पाथिरानाको त्यो क्याचको धेरैले प्रसंशा गरेका छन् । अहिले समाचार र सामाजिक सञ्चालमा पनि त्यो क्याचले निकै चर्चा बटुलिरहेको छ ।यसैगरी खेलका क्रममा दिल्लीका कप्तान ऋषभ पन्त पनि चर्चाको विषय बने । खेलमा उनले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएका थिए । तर, १४ औँ ओभरको खेलका क्रममा बाउन्ड्री प्रहार गर्ने प्रयासमा ऋषभ पन्तको हातबाट ब्याट फुत्किएर टाढा पुगेको थियो ।चेन्नईका बलर दीपक चाहरले १४ औँ ओभरको पाँचौँ बल अफ स्टम्पभन्दा केही बाहिर फालेका थिए । त्यो बलमा बाउन्ड्री प्रहार गर्ने क्रममा ऋषभको हातबाट ब्याट छुटेर निकै टाढा उछिट्टिएको थियो । हातबाट ब्याट छुटे पनि ऋषभले ब्याट बिना नै दौडिएर एक रन लिएका थिए ।यसैगरी खेलका क्रममा चेन्नईका प्रभावशाली खेलाडी महेन्द्रसिंह धोनी पनि चर्चाको विषय बने । खेलका क्रममा धोनीले एक हातले प्रहार गरेको छक्का चर्चित बनेको थियो । २०औँ ओभर फाल्न दिल्लीका बलर एनरिच नोर्जे आएका थिए ।नोर्जेले फालेको अघिल्लो बलमा धोनीले चौका प्रहार गरेका थिए । त्यसपछि नोर्जेले अर्को बल ‘फूल टस’ फालेका थिए । त्यो बलमा धोनीले मिड–विकेटतर्फ एक हातले छक्का प्रहार गरेका थिए ।  त्यो ओभरमा धोनीले २० रन बनाएका थिए । उक्त खेलमा धोनीले १६ बलमा अविजित ३७ रन बनाएका थिए । यद्दपि, उनको टोली खेलमा पराजित भयो । 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.