Gundruk Online
Wednesday, September 16, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » आगलागी पीडित सन्थाल समुदायको स्थायी घर निर्माणका लागि पहल गर्दै कोशी सरकार

आगलागी पीडित सन्थाल समुदायको स्थायी घर निर्माणका लागि पहल गर्दै कोशी सरकार


आगलागी पीडित सन्थाल समुदायको स्थायी घर निर्माणका लागि पहल गर्दै कोशी सरकार

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताएका छन् । पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा वासस्थानको स्थायी समाधान गरिने बताएका हुन् । यही चैत्र ३ गते सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा आगलागीबाट २३ वटा घर जलेर नष्ट भएको थियो । सन्थाल बस्ती सुकुम्वासी बस्ती हो । उनीहरूले दैनिकरुपमा गुजारा गरेर जीविकोपार्जन गर्दै आएका छन् । प्रत्यक्ष भेटका क्रममा मुख्यमन्त्री कार्कीले अब विपन्नले विपन्न मात्रै नभई सम्पन्न बन्ने अभियानमा लाग्नुपर्ने बताए । ‘उनले भने, यो दुःखदायी अवस्था भए पनि यसलाई असारको हिलो सम्झनुहोस्, जहाँ केही मिहिनेत गरियो भने, मङ्सिरमा अन्न भित्राउन पाइन्छ ।’मुख्यमन्त्री कार्कीले स्थानीय निकायले सो समुदायलाई आफ्नै जग्गाको व्यवस्थाका लागि अग्रसरता लिन आग्रह गरेका छन् । ‘प्रदेश सरकारले सुकुम्वासीले घर बनाउनका लागि लिएको जग्गाको ऋणको ब्याज मिनाहा गर्ने, योजना ल्याएको छ । तपाईँ हामीले आँट गर्याैँ भने उहाँहरूलाई सम्पन्न बनाउन सकिन्छ ।’ उनले भने । मुख्यमन्त्री कार्कीको नेतृत्वमा विराटनगर १२ मा सुकुम्वासीहरूले ऋण लिएर खरिद गरेको जग्गामा सम्पन्न बस्ती निर्माण अन्तिम चरणमा पुगेको छ । जहाँ ऋषिदेव समुदायका १४५ परिवारले आफैले जग्गा किनेर त्यसको किस्ता आफ्नै श्रमबाट मासिकरुपमा तिरिरहेका छन् । सोही जग्गामा मुख्यमन्त्री कार्कीको नेतृत्वमा विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा घर निर्माण कार्य भएको हो । मुख्यमन्त्री कार्कीले भने, यही मोडलबाट यहाँ पनि घर बनाउन सकिन्छ, अब विपन्न समुदाय विपन्न मात्रै भइरहने होइन, सम्पन्न बन्ने अभियानमा होमिनु पर्दछ । जसका लागि प्रदेश सरकारले मानवीय विकासमार्फत यसको सुरुवात गरिसकेको छ ।’

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.