Home » उपत्यकामा १० ठाउँमा होलीको कार्यक्रम
फागु पूर्णिमा अर्थात रङ्हरुको पर्व होलीको अवसरमा काठमाडौँ उपत्यकामा १० ठाउँमा कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय प्रशासनसँग अनुमति लिएर आयोजकहरूले होलीको कार्यक्रम आयोजना गरेका हुन् ।ठमेलस्थित सञ्चयकोष भवन अगाडीको सडक, दरबारमार्ग, वसन्तपुर, भृकुटीमण्डप, भक्तपुर दरबार स्क्वायर, सूर्य विनायक र जावलाखेलमा कार्यक्रम आयोजना गरिएको छ । चाबहिलमा पनि कन्सर्टको आयोजना गरिएको छ ।बौद्धस्थित हायात होटल परिसर, बालुवाटारस्थित टाइम्स स्क्वायर होटल र आम्रपाली बैंक्वेटमा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम स्थलको सुरक्षाका लागि उल्लेख सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।उनले भने– ‘भिडभाड धेरै हुने हुनाले कार्यक्रम आयोजना गरिएको ठाउँमा ड्रोनबाट पनि सुरक्षा निगरानी गर्छौं ।’ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ जिल्लाका ९० ठाउँमा चेक प्वाइन्ट राखेको छ । उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न सीआरभी, क्यूआरटी र गस्तीमा पनि प्रहरी परिचालन गरिएको एसएसपी खत्रीले जानकारी दिए । पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.