Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » विश्वका अन्य देशमा पनि मनाइन्छ होलीजस्तै रङ्गीन पर्व

विश्वका अन्य देशमा पनि मनाइन्छ होलीजस्तै रङ्गीन पर्व


विश्वका अन्य देशमा पनि मनाइन्छ होलीजस्तै रङ्गीन पर्व

 नेपाली समुदायमा होली पर्वको विशेष महत्त्व छ । विशेष गरी हिन्दुहरूको धार्मिक परम्परामा होली अर्थात् फागु पर्वको विशेष महत्त्व रहेको पाइन्छ । नेपालको तराईदेखि पहाड र हिमालसम्म यस पर्वको रौनक व्यापक हुने गर्छ । राष्ट्रिय पर्वका रुपमा मानिने होली उत्साह, उमङ्ग र रङ्गहरूको चाड हो ।फागु पूर्णिमाको अवसरमा नेपालमा पनि विभिन्नजाति,समुदाय र क्षेत्रका आधारमा फरक फरक तरिकाले होलीमा रमाउने चलन छ । काठमाडौँ उपत्यकामा बसन्तपुर दरबार परिसरमा चीर अर्थात्लिङ्गो गाडेपछि सुरु हुने होलीअन्तर्राष्ट्रिय पर्वका रूपमा पनि मान्ने गरिन्छ । विश्वका विभिन्न भूभागमा बसोबास गर्ने नेपालीहरुले होलीलाई उत्साहका साथ मनाउने गर्छन् ।नेपालमा विभिन्न किसिमले होली मनाइए पनि होलीजस्तै पर्व विश्वका अन्य देशहरूमा पनि मनाउने प्रचलन छ । हिन्दुहरूले मनाउने होली र विदेशका विभिन्न राष्ट्रमा मनाउने यस्तै प्रकृतिको पर्वको उद्देश्य एक आपसमा भाइचाराको सम्बन्धलाई गाढा बनाउने नै हो । साथै खुसीयाली साट्ने देखि असत्यमाथि सत्यको विजय भएको अवसरका रूपमा मनाउने चलन विश्वभर छ ।छिमेकी देश भारत पनि हिन्दु बहुल देश भएकाले नेपालकै जस्तो रौनक त्यहाँ पनि हुने गर्छ । भारतमा होलीको विशेष महत्त्व रहेको पाइन्छ । ‘फगुवा’अर्थात् ‘होली रे’ भन्दै भारतका सबै प्राप्तमा यस पर्वको रौनकता ब्यापक हुने गर्छ । भारतमा यस दिनलाई राष्ट्रिय पर्वको रुपमालिने गरिन्छ । घरपरिवार, आफन्त, साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने गरिन्छ । फगुवा खेल्दै उल्लास, उत्साह र उमंगका साथ मनाउँदै यसलाई रंगीन बनाउने प्रचलन छ । बंगलादेशमा पनि हिन्दुहरूले होलीलाई विशेष पर्वका रूपमा मनाउने गर्छन् । उता श्रीलङ्कामा फागु पर्वका बेला अग्नीकाे विशेष पूजा गर्ने चलन छ । चीनको ‘पोयावामा’पर्व होलीसँग केही मेल खान जान्छ । चीनकाताई जातीकामानिसहरुले पानी छ्यापेर यस पर्वलाई उल्लासका साथमनाउने गर्छन् । परापूर्वकालमा ‘छुडबिंङ’ नामक राक्षसले जोकोही सुन्दरी केटीलाई लिएर जाने र दुःखदिने गरेकाले पछि सुन्दरी केटीले नै मारेपछि सोही दिनलाई पर्वका रूपमा मनाउने थालिएको किंवदन्ती छ । चीनमै ‘ज्वेजे’नामक पर्व पनि मनाइन्छ । यो पर्व वसन्त ऋतु सकिनासाथ प्रारम्भ हुने गर्दछ । यस पर्वमा मानिसहरुले विभिन्न रङ्गका कपडा लगाउने र आगो बालेर पूजा गर्ने गर्छन् । यस अवसरमा विभिन्न खेल प्रतियोगिताहरू गराइने साथै शुभकामना आदान प्रदान गर्ने चलन छ । जर्मनीमा विभिन्न पर्वहरुमध्ये होली जस्तै यो पर्वहरू पनि राष्ट्रिय पर्वकै रुपमा मान्ने चलन छ । बर्षेनि मनाइने इस्टर पर्वको समयमा ‘कारनिवाल’ को विशेष रौनक हुन्छ । साँझको समयमा स्थानीय बासीले घाँसको पुतलाबनाएर जलाउँछन् ।  जलाइसकेपछि एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्छन् र एकअर्कालाई रंग दलेर खुसीयाली साट्ने गर्छन् । रंग एकै किसिमको भने हुँदैन । विभिन्न स्थानमा दाउरा बालेर आपसमा रंग छ्याप्तै नाच्ने र गाउने प्रचलन रहि आएको छ । थाइल्याण्डमा बौद्ध धर्मावलम्वीहरुको धेरै बसोबास रहेको छ । थाइबासीका पनि अनेकन पर्वहरू छन्, जसमध्ये साङफ्रानहोलीसँग लभभग मेल खान्छ । किनकी यो पर्व अप्रिलमहिनाअर्थात् वैशाखमा मनाइन्छ । उनीहरू सुगन्धित पानी र रंग खेलेर यस पर्वलाई मनाउने गर्छन् । होली नेपालीले घर, सार्वजनिक स्थलहरुमा मनाइए जस्तै थाइबासीले यो पर्व विशेष गरी मठमन्दिर वागुम्बामागएर मनाउने गर्छन् । त्यहाँउनीहरुले बुद्धको पूजाअर्चना गर्ने र बौद्धभिक्षुहरूलाई दान दिन्छन् । साथै भने बुढापाकाबाट आर्सीवाद लिने गर्छन् ।  यूनानी समुदायले बर्षेनी विभिन्न पर्वहरु मनाउँछन् तर ‘मेपोल’नामक पर्व होलीसँग लगभग मिल्दोजुल्दो रहेको पाइन्छ । चोक चोकमालिङ्गो गाडेर काठहरू जम्मा गरि आगो लगाइन्छ । आगो लगाइसकेपछि युनानीहरु रंगको ब्यापक प्रयोग गर्ने गर्छन् । उनीहरू रंग दल्ने भन्दा पनि उडाएर खुसीयाली मनाउने गर्छन् ।आगो बालेर रंग उडाउँदा देवताप्रशन्नहुने  विश्वास गर्छन् । स्लोभाकिया गणराज्यमा ‘बेलियाकोनेन्से’ नामकपर्व होलीसँग ठ्याक्कै मिल्दोजुल्दो छ  । विश्वभर भ्यालेन्टाइन पर्वले स्थानजमाए जस्तै यहाँकायुवायुवतीहरू माझ ‘बेलियाकोनेन्से’ ले स्थान पाएको छ । युवायुवतीहरू एकअर्कामा रंग, पानी र परफ्युम छ्याप्ने गर्छन् । एक आपसमा प्रेमभाव व्यक्त गर्न पनि यो पर्व बढी लोकप्रिय छ । त्यसबाहेक हरियो घाँसबाट बनाइएको विशेष प्रकारको लुगा लगाएर नाच्ने र रमाउने प्रचलन छ । यही पर्व चेक गणराज्यमा पनि उस्तै चर्चित छ ।पोल्याण्डमा धेरैजसो क्रिश्चियनहरुको बाहुल्यता छ । यसभित्र पनि कतिपय जातजातीवा समुदायहरूका आफ्नै परम्परा र पर्वहरू रही आएका छन् । त्यसमध्ये ‘असिना’नामक पर्व हिन्दुहरूको जस्तै गरी मनाइने गरिन्छ । मानिसहरू एक आपसमा रंग दलेर खुसी साट्ने गर्छन् । यस पर्वका अवसरमा विभिन्न परिकारहरू भन्दा पनि मिठाइ बाँढ्ने गरिन्छ । उतालाओस नामक देशमा अङ्ग्रेजी नयाँ वर्षको सुरुवातमा होलीजस्तै एक पर्व मनाइने गरिन्छ । यस अवसरमा उल्लासका साथ रंग दल्ने गरिन्छ । यहाँको यो पर्व नेपालकमा जस्तै रङ्गहरूको प्रयोग गर्ने र उल्लासका साथ ‘माई फाक्स डे’ पर्व मनइने गरिन्छ । यो पर्व त्यहाँ युवाहरुमाझ बढी लोकप्रिय छ । यस पर्वका अवसरमा शुभकामना आदानप्रदान साथै आर्शिबाद लिने प्रचलन छ । उता अस्ट्रेलियामा २१ मार्चमा मनाइने ‘वैली’नामकपर्व पनि होलीसँग मेल खान्छ । यस दिन रङ्गहरूको प्रयोग गर्दै सांगीतिक कार्यक्रमहरुको आयोजना गरी पर्वलाई उल्लासमय बनाइने गरिन्छ । होलीसँगमिल्दो पर्व हो हलोइन । यो अमेरिकामा प्रख्यात छ । प्रत्येक वर्षको अक्टोबर ३१ का दिन मनाइने यो पर्वमा पनि रङ्गहरूको व्यापक प्रयोग हुन्छ । खासगरी नेपालको गाई जात्रासँग मेल खाने यो पर्वमा भूतको पहिरनमा शहर परिक्रममा गर्ने गरिन्छ । यस अवसरमा भूत र सैतानका रूपमा हाँसिमजाग गर्ने साथै विभिन्न तरिकालो रमाइलो गर्ने प्रचलन छ । अनुहारमा रङ्गहरूले पोतेर मनाइने भएकाले यो पर्व रंगिन बन्नगएको हो । यस अवसरमा घर घरमा गएर चक्लेट र क्यान्डी माग्ने गरिन्छ । स्पेन चमत्कारपूर्ण खेल र पर्वले प्रख्यात देश हो । यहाँ नेपालको होली जस्तै जुन महिनाको २९ तारिखमा एक अर्कालाई वाइन छ्यापेर ‘ब्याटल डेल भिनो’ अर्थात ‘वाइन’ फेस्टिभल मनाउने चलन छ । त्यस्तै स्पेनको भ्यालेन्सियामा पाकेको टमाटर फुटाई एक अर्कालाई प्रहार गरि ‘ला टोमाटिना’ मनाउने गरिन्छ । यो पर्व अगस्टको अन्तिम बुधबार पर्ने गर्छ । बिहानैदेखि पटका पड्काउँदै दिनभर उत्साहपूर्वक यो पर्व मनाउने गरिन्छ । अस्ट्रेलियामा पनि यो पर्व मनाउने चलन छ । यो पर्व करिब दुइ हप्तासम्म लगातार मनाउने गरिन्छ । तर यस पर्वका अवसरमा पानी र रंग नभई हिलो छ्यापेर मनाउने चलन छ । विशेष गरी दक्षिण कोरियाको बोरेयोङ क्षेत्रमामनाइने यो पर्व जुलाई महिनामा पर्छ । बोरेयोङ क्षेत्र कस्मेटिङ सामाग्री उत्पादन हुने किसिमको माटो पाउने भएकाले यहींको माटो प्रयोग गरी एक आपसमा हिलो छ्याप्दै पर्व मनाउने गरिन्छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.