Gundruk Online
Friday, September 18, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » राष्ट्रिय सभाअन्तर्गतका दुई समिति सभापतिको निर्वाचन आज

राष्ट्रिय सभाअन्तर्गतका दुई समिति सभापतिको निर्वाचन आज


राष्ट्रिय सभाअन्तर्गतका दुई समिति सभापतिको निर्वाचन आज

 राष्ट्रिय सभाअन्तर्गतका दुई वटा विषयगत समिति सभापतिको निर्वाचन आज हुँदैछ । दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज सभापति पाउँदैछन् । दुवै समितिको सभापतिका लागि यसअघि नै उम्मेदवारी मनोनयनका लागि समय तोकिएकोमा एक–एक जनाको मात्रै मनोनयन दर्ता भएको छ । दुवै समितिले सभापति चुन्न बैठक बोलाएका छन् । सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बस्ने दिगो विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले सभापति चुन्नेछ । त्यस्तै, सोही समयमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले पनि सभापति चुन्ने गरी बैठक बोलाएको छ । बैठकबाट सभापतिहरू चुनिए लगत्तै शपथग्रहणको कार्यक्रम रहेको छ । दिगो विकास तथा सुशासन समिति सभापतिमा नेपाली कांग्रेसकी कमला पन्तले उम्मेदवारी दर्ता गरेकी छन् भने राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पनि नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ । दुवै समितिमा एक–एक जनाको मात्रै मनोनयन परेपछि निर्वाचन नगरी सोमबार बस्ने बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने तयारी छ । राष्ट्रिय सभामा रहेको प्रमुख चार दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले चार वटा समितिहरूमध्ये भागबण्डा गरेर एक–एक वटाको सभापति लिएका छन् । राष्ट्रिय सभाकै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा र विधायन व्यस्थापन समिति सभापतिमा एकीकृत समाजवादीका जयन्तीदेवी राई सभापति छन् । उनीहरूको कार्यकाल बाँकी भएकाले समितिको सभापतिमा निरन्तरता पाएका छन् ।दिगो विकास तथा सुशासन समितिको सभापतिमा यसअघि कांग्रेसका प्रकाश पन्थ सभापति थिए । उनको कार्यकाल गत २० फागुनमा सकिएपछि कांग्रेसकै भागबाट कमला पन्तको एकल उम्मेदवारी दर्ता भएको हो । पन्तको प्रस्तावकमा कांग्रेस सांसद नारायणदत्त भट्ट र समर्थकमा एमाले सांसद शारदादेवी भट्ट छन् । यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा यसअघि नेकपा एमालेकी दिलकुमारी रावल (थापा) सभापति थिइन् । उनको पनि कार्यकाल पनि २० फागुनमै सकिएकाले सो समितिको सभापतिमा एमालेकै सोनाम ग्याल्जेन शेर्पाको एकल उम्मेदवारी दर्ता भयो । शेर्पाको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी तथा समर्थकमा नेपाली कांग्रेसका दुर्गा गुरुङ र एमालेका इन्दिरादेवी गौतम छन् ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.