Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » राष्ट्रिय सभाका चार विषयगत समिति सभापतिमा मुख्य चार दलको भागबण्डा

राष्ट्रिय सभाका चार विषयगत समिति सभापतिमा मुख्य चार दलको भागबण्डा


राष्ट्रिय सभाका चार विषयगत समिति सभापतिमा मुख्य चार दलको भागबण्डा
 राष्ट्रिय सभा अन्तर्गत रहेका ४ वटा विषयगत समितिको सभापतिका लागि मुख्य ४ राजनीतिक दलले मिलीजुली भागबण्डा गरेका छन् । प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्ष दलको भूमिकामा रहेका राजनीतिक दलहरूले राष्ट्रिय सभाका समिति भने मिलीजुली भाग लगाएका हुन । राष्ट्रिय सभामा रहेको चार विषयगत समितिमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मिलीजुली सभापति भागबण्डा गरेका छन् । आइतबार राष्ट्रिय सभा अन्तर्गत रहेका दुई समितिमा सभापति चयनका लागि निर्वाचन हुँदैछ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा एमालेका सांसद सोनाम गेल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कांग्रेस सांसद कमला पन्तको मात्र उम्मेदवारी परेको छ ।उनीहरूको उम्मेदवारीको प्रस्तावक भने फरक फरक दलबाट रहेका छन् । एमाले सांसद शेर्पाको उम्मेदवारी प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपी बहादुर आछामी रहेका छन् भने समर्थकमा कांग्रेस सांसद दुर्गा गुरुङ र एमाले सांसद इन्दिरादेवि गौतम रहेका छन् । यता सभापतिको लागि उम्मेदवारी दिएकी कांग्रेस सांसद पन्तको प्रस्तावकमा कांग्रेस सांसद नारायणदत्त भट्ट रहेका छन् भने समर्थकमा एमाले सांसद शारदादेवी भट्ट रहेकी छिन् ।‘राष्ट्रिय सभाको ४ वटा विषयगत समितिको सभापति चार वटा पार्टी दिँदै आइएको छ । चार पार्टीले मिलाएर सभापति लिएको हो । करिब करिब समझदारी जस्तै भएको छ ।’समिति सभापति मनोनयनका लागि शनिवार दिउँसो १ बजेसम्म समय राखिएकोमा दुई समितिका लागि यसअघि भाग पाइसकेका दलबाहेक भाग पाउन बाँकी दुई दलबाट एक–एक जनाको उम्मेदवारी दर्ता भएको हो । एक जनाको मात्रै उम्मेदवारी दर्ता भएसँगै आइतबार समितिको बैठकमा उनीहरू निर्विरोध घोषित हुनेछन् । सभापति कायम रहेका अन्य दुई समितिमा माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट सभापति छन् । विधायन व्यवस्थापन समितिमा नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राई सभापति छिन् । यता सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्मा सभापति रहेका छन् । राष्ट्रिय सभाको विषयगत समितिको सभापतिको भागबण्डा प्रमुख दलहरूबिच मिलीजुली रूपमा गरिएको माओवादी केन्द्रबाट राष्ट्रिय सभाका सांसद शर्माले जानकारी दिए । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘राष्ट्रिय सभाको ४ वटा विषयगत समितिको सभापति चार वटा पार्टी दिँदै आइएको छ । चार पार्टीले मिलाएर सभापति लिएको हो । करिब करिब समझदारी जस्तै भएको छ ।’राजनीतिक दलहरूबिच राष्ट्रिय सभाका ४ समितिमा भागबण्डा मिले पनि संयुक्त समितिका लागि सभापति चयन हुन सकेको छैन । दलहरूबिच भागबण्डामा कुरा नमिल्दा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू सहभागी भएर बनेका संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वकोको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापति विहीन अवस्थामा रहेका छन् ।यता प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति पनि सभापति विहीन रहेको छ । सो समितिका सभापति रहेका भानुभक्त जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि समितिको काम कारबाही नै प्रभावित बन्न पुगेको छ ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.