Home » जसपा महाधिवेशनबारे छलफल गर्न केन्द्रीय प्रचार विभागको बैठक बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचारप्रसार तथा प्रकाशन केन्द्रीय विभागको बैठक आह्वान गरिएको छ । आज दिउँसो १ बजे विभागको कार्यालयमा बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको तयारीका बारेमा छलफल गरिने छ । जसपाको आगामी जेठ २८ गतेदेखि सुरु हुने महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समितिले काम थालेको जनाउँदै महाधिवेशन धनुषामा हुने तय भएको प्रमुख बस्नेतले बताए ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.