Gundruk Online
Tuesday, April 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » एड्स सङ्क्रमितले पनि सन्तान जन्माउन मिल्छ

एड्स सङ्क्रमितले पनि सन्तान जन्माउन मिल्छ


एड्स सङ्क्रमितले पनि सन्तान जन्माउन मिल्छ

 एड्सलाई प्राणघातक रोगका रूपमा लिने गरिन्छ । एकपटक भाइरसको सङ्क्रमण भइसकेपछि निको नहुने यो रोगका बारेमा समाजमा अझै पनि खुलेर बोल्ने वा बहस गर्न मान्छे हिचकिचाउने गदर्छन् । यद्यपि यो रोग प्राणघातक भए पनि समयमै उपचार गर्ने हो भने सङ्क्रमितको आयुमा कुनै पनि असर नपर्ने चिकित्सकहरू बताउँछन् । सङ्क्रमण भए पनि एचआईभीको आफ्नै लक्षण नहुने र जब एचआईभीका भाइरसहरू शरीरमा प्रवेश गर्छन् तिनीहरूले रोगसँग लड्ने क्षमतालाई ह्रास गर्दै लैजाने र अन्य रोगको सङ्क्रमणपछि मात्र यो रोग लागेको थाहा हुने गर्दछ । त्यसैले व्यक्तिका गतिविधि र रोगका बारेमा शङ्का लागि रगतको परीक्षण गरी बेलैमा उपचारको पहलमा लाग्न चिकित्सकहरूको सुझाव रहेका छ । यही एचआईभी र एड्सका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुकी मेडिकल अफिसर डा. लिना देवकोटासँग गरिएको अन्तर्वार्ता :

एचआईभी एक किसिमको भाइरस हो जसले मानिसको शरीरभित्र छिरेपछि सङ्क्रमण निम्त्याउँछ । एचआईभीले मुख्य गर्ने भनेको हाम्रो शरीरमा भएको रोगसँग लड्ने क्षमतालाई ह्रास गर्दै लान्छ । यदि समयमा उपचार भएन भने एचआईभी भाइरसले हाम्रो रोगसँग लड्ने क्षमता घटाउँदै लाग्छ र अन्य अवसरवादी रोगहरू लाग्छन् । अन्य अवसरवादी रोगहरू भन्नाले जसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता धेरै छ उसलाई असर नगरी जसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम छ उनीहरूलाई रोग देखा पर्ने, त्यस्तोलाई अवसरवादी रोग भनिन्छ । अवसरवादी रोग लागेको अवस्थालाई हामी एड्स भन्छौँ । जुन एउटा एचआईभी सङ्क्रमित व्यक्तिले उपचार गरेन भने ७ देखि १० वर्षसम्ममा एड्स देखापर्छ ।

एचआईभी र एड्स सङ्क्रमण कसरी हुन्छ ?

एचआईभी सङ्क्रमण सर्ने मुख्य कारण भनेको एचआईभी सङ्क्रमितसँग असुरक्षित यौन सम्पर्कमार्फत, एचआईभी सङ्क्रमित आमाबाट गर्भमा रहेको बच्चालाई, एचआईभी सङ्क्रमित व्यक्तिहरूसँग सिरिञ्ज वा सुईको सट्टापट्टा गर्दा, रगतको लेनदेन गर्दा, एचआईभी सर्न सक्छ । यी तीनवटा कारण बाहेक अरू कुनै कारणबाट एचआईभी सर्दैन ।

कोही कसैले एचआईभी सङ्क्रमण भएको–नभएको कसरी थाहा पाउने?

पहिला हामीले के बुझ्नु पर्छ भन्दा यदि आफू उल्लेखित तीनवटा मध्ये कुनै जोखिममा परिएको छ भने आफ्नो अवस्था बुझ्नका लागि जाँच गर्नुपर्छ । एचआईभी सङ्क्रमण छ वा छैन भनेर थाहा पाउन सजिलो भनेको रगतको जाँच हो । रगतको जाँच गरेमा थाहा भइहाल्छ । 

यसका लक्षणहरू के हुन्छन्? 

एचआईभी सरिसकेपछि सुरुवाती दिनमा हल्का रुघाखोकी लागेको जस्तो हुन्छ । त्यसपछि ७ देखि १० वर्षसम्म कुनै लक्षण देखिँदैन । एचआईभीको आफ्नै लक्षण हुँदैन, एचआईभीले जब हाम्रो शरीरसँग लड्ने क्षमतालाई ह्रास गर्दै लग्छ, तब अवसरवादी रोग लागिसकेपछि त्यसले देखाउने लक्षणलाई हामीले एचआईभीको लक्षण भन्छौँ ।

उपचारका विधि के के हुन्छ ?

एचआईभीको उपचारका लागि ‘एन्टी रेट्रो भाइरल थेरापी’ भनिन्छ जसमा ३ किसिमको औषधी एउटै पिलमा मिक्स भएर आउँछ । यो औषधि दिनमा एकचोटि मात्र तर जिन्दगीभरलाई खानुपर्ने हुन्छ । यसले एचआईभीको भाइरसलाई कन्ट्रोलमा राख्छ, मानिसको रोगसँग लड्ने क्षमतामा ह्रास आउँदैन र हामी अवसरवादी रोगबाट बच्छौँ ।

यो रोग लागेपछि निको हुँदैन भन्छन् नि?

रोग निको नभए पनि एचआईभी भइसकेपछि मरिहाल्छु कि भन्ने मान्यता राख्ने गरिएको छ, यो चाहिँ गलत हो । एचआईभी भए पनि यदि समयमै त्यसको पहिचान गरेर उपचार गरियो भने सङ्क्रमितको आयुमा कुनै ह्रास हुँदैन ।

एचआईभी रोगबाट बच्ने उपाय के के हुन्छन् ?

असुरक्षित यौन सम्पर्कबाट बच्नु नै एचआईभीबाट बच्ने मुख्य उपाय हो । कण्डमको प्रयोग सधैँ गर्नुपर्छ । कण्डमले एचआईभीलगायत यौन सम्पर्कबाट सर्ने सबै रोगबाट जोगाउँछ । कण्डमको प्रयोग राम्रो ढंगले गर्न सिक्नुपर्छ । सुई, सिरिञ्जहरुको सट्टापट्टा गर्नु भएन ।

एचआईभी सङ्क्रमितहरूले बच्चा जन्माउन कतिको सुरक्षित हुन्छ ?

सङ्क्रमित महिलाहरूले राम्रोसँग औषधि खानुभएको छ, भाइरल लोड भन्ने जाँच गर्दा राम्रो नतिजा आएको छ र औषधि पनि सधैँ खाइरहनु भएको छ भने बच्चालाई जोखिम हुँदैन । बच्चालाई भविष्यमा पनि एचआईभी पोजेटिभ देखिँदैन । 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.