Gundruk Online
Thursday, February 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले  नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री

महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले  नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री


महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले  नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताएका छन् ।अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था तथा व्यक्तिहरूमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको, राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अंगमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको, सम्पत्तिमा समान अधिकारको प्रत्याभूति,प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको सन्देशमा प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।महिलाको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री दाहालले देशको समृद्धिमा महिलाको योगदानको कदर गर्दै राज्यका विभिन्न संरचनामा महिलाको भूमिका विस्तार गर्न सरकारले विशेष जोड दिएको बताएका छन् ।’तीनै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र तथा सरोकारवाला निकायबाट महिलाको क्षमता विकास, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा आबद्धता, लैङ्गिक मूलप्रवाहीकरण र सशक्तीकरणका लागि अधिकतम लगानी गर्न आवश्यक छ । महिलामा गरिने लगानीले महिलासँगै परिवार, समाज हुँदै समग्र राष्ट्रलाई नै समृद्धिको मार्गमा पुर्‍याउनुका साथै लैङ्गिक समतामूलक राष्ट्र निर्माणमा समेत सहयोग पुर्‍याउँछ,’ सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जनमा सुधार, सामाजिक सुरक्षा, पूर्वाधार तथा प्रविधिमा पहुँचलगायत विषयमा महिला लक्षित कार्यक्रमहरूमा लगानीलाई थप प्रभावकारी बनाउन आवश्यक भएको उल्लेख गर्दै प्रधानमन्त्रीले महिलाको अर्थपूर्ण सहभागिता, प्रतिनिधित्व र नेतृत्व विकासमा जोड दिएका छन् । उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र शोषणको अन्त्य गर्न जरुरी भएको, महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गर्न र समानताको व्यावहारिक प्रत्याभूति दिलाउन आवश्यक भएको सन्देशमा उल्लेख गरेका छन् ।प्रधानमन्त्रीले सम्पूर्ण सरोकारवाला निकायलाई महिला सहभागिता, सशक्तीकरण, समानता, प्रतिनिधित्व एवं क्षमता विकासका लागि आ–आफ्नो तर्फबाट जिम्मेवार र उत्तरदायीपूर्ण तवरबाट कार्य गर्न थप उर्जा र प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.