जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव फेरि स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन् । यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने जसपा सांसद प्रदीप यादवले बताए ।उनकै नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो ।यसअघि उपेन्द्र यादव २०७४ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलिको सरकारमा स्वास्थ्य मन्त्री थिए । जसपाले लिने अर्को एक मन्त्रालय र मन्त्रीबारे भने टुंगो लागिसकेको छैन । जसपाबाट अर्को मन्त्रीको रुपमा प्रदीप यादव र नवलकिशोर यादव मध्ये एकजना जाने सम्भावना छ ।






