Gundruk Online
Sunday, January 25, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन जोड

मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन जोड


मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन जोड
 मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सरोकारवालाले जोड दिएका छन् । सोमबार आयोजित ‘औषधिको गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाले सरकारले औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउने पहल गरिरहेको बताए । उनले सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधि खरिद गरे नेपाली औषधि उद्योग फस्टाउने धारणा राखे । उनले सरकारले ९८ किसिमका औषधि खरिद गर्न सके बाहिरबाट औषधि ल्याउन नपर्ने भनाइ समेत राखे । ‘अहिले हामी ५० प्रतिशत मात्र आत्मनिर्भर भएका छौँ, उत्पादन र आयातको तारम्य मिलाउनु पर्‍यो, कुनै पनि देशले आफ्नै देशमा उत्पादित औषधिबाटै नै आत्मनिर्भर हुने भन्छ । हामीले पनि  स्वदेशी औषधि उपभोग गर्नुपर्दछ,’ उनले भने, ‘कुन–कुन उद्योगबाट के–के औषधि उत्पादन गर्न हुन्छ के हुँदैन । हाम्रो देशमा कस्ता रोग फैलिरहेको छ । त्यो हेरेर हामीले औषधि उत्पादनको रोडम्याप बनाउनु पर्दछ ।’अतिरिक्त स्वास्थ्य सचिव डा. देवकोटाले चुहावट नियन्त्रण गरेर औषधिको मूल्यमा समायोजन गर्ने बताए । उनले उद्योगमा नै प्रयोगशाला रहेकोले औषधि गुणस्तर रहेको छ भन्ने हामीले विश्वास गरेको बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले शरीरमा औषधिले काम गर्‍यो भने मात्र औषधिको गुणस्तर मापन हुने बताए । उनले गुणस्तर सुधार्न विभागले नयाँ नयाँ प्रविधि ल्याइरहेको भन्दै  उद्योगले पनि सुधार गरिरहेको बताए । ‘रिसर्च, विज्ञलाई राखेर औषधिको फर्मुलेसन भइरहेको छ,’ उनले भने, सर्टेन टेस्ट गरेपछि गुणस्तर भन्ने मिल्दैन, होल लाइफसाइकललाई हेर्नुपर्दछ, जीवन पथमा त्यो औषधिले काम गरेर मात्र त्यो गुणस्तर हुन्छ ।’ उनले औषधिको उत्पादनदेखि प्रयोगसम्म हेरेर मात्र गुणस्तर हो वा होइन भन्ने थाहा हुने बताए ।  नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालमा उत्पादन गने औषधि गुणस्तर नै रहेको बताउनुभयो । ‘औषधि उद्योगमा ६० अर्ब रुपियाँ लगानी रहेको छ । एउटा औषधि उद्योग सञ्चालन गर्न करिब ८० करोड लाग्दछ । तर स्वदेशी उद्योगले उत्पादन गरेका औषधिको उपभोगको ३० अर्ब रहेको छ,’ उनले भने, ‘६० अर्ब लगानी गरेर ३० अर्ब बेचेका छौँ । कुनै पनि बिजनेश लगानीको ६ गुणा गर्नुपर्दछ । यसले गर्दा हामीलाई समस्या छ ।’ उनले सरकारले खरिद गर्ने औषधि स्वदेशी उद्योगले उत्पादन गरेको खण्डमा औषधि उद्योग फस्टाउने बताए । उनले सरकारले खरिद गर्ने औषधि किनेमा आफूहरू छ वर्षभित्रमा मुलुकलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र बाहिरबाट कुनै पनि औषधि खरिद गर्न नपर्ने अवस्थाको सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।  नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव सञ्जीव कट्टेलले औषधिको लागि गुणस्तरीय प्रयोगशालामा ध्यान दिनुपर्ने बताए । औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य नेपाली औषधि उद्योग फस्टाउनुपर्ने बताए । उनले औषधिको गुणस्तर कायम राख्नुपर्ने भन्दै स्वदेश उद्योग संरक्षण आवश्यक रहेको बताए ।  उनले विश्वमा नेपाल सबभन्दा कम मूल्यमा औषधि बेच्ने मुलुकको रूपमा रहेको बताए ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.