Home » भागबन्डा टुङ्ग्याउन नयाँ गठबन्धनको बैठक पुनः बस्ने, लिखित सहमतिको तयारी
भागबन्डा टुङ्ग्याउन पुनः नयाँ गठबन्धनको बैठक सोमबार दिउँसो पुनः बस्ने भएको छ । बिहान बसेको बैठकमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक सहमति भए पनि भागबन्डाको विषय भने टुङ्गिएको छैन ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक दिउँसो साढे २ बजे पुनः बस्नेछ । करिब ३ बजे लिखित सहमतिमा हस्ताक्षर गर्ने तयारी गरिएको मल्लले रातोपाटीलाई जानकारी दिए ।यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.