Home » बंगलादेशमा जंगली हात्तीलाई अदालतको संरक्षण
बंगलादेशमा अति संकटापन्न स्थितिमा पुगेको जंगली हात्तीले अदालतबाट संरक्षण पाएको छ । अदालतको आदेशअनुसार एसियाली हात्ती ‘एडप्ट’ गर्न रोक लगाइएको छ भने यिनीहरुको शोषण गर्न समेत पाइने छैन ।हात्तीसम्बन्धी सबै अनुमति रोक्का गर्ने उच्च अदालतको निर्णयको पशु अधिकारकर्मी समूहहरुले स्वागत गरेका छन् । बंगलादेशमा हात्तीलाई माग्न लगाउने, सर्कस वा सडकमा हुने प्रदर्शनीहरुमा प्रयोग गर्ने गरिएको छ ।देशभर जम्मा २०० ओटा मात्रै हात्ती बाँकी छन् । यीमध्ये आधा हात्तीले बन्दी जीवन बिताइरहेका छन् । कुनै सयम बंगलादेश एशियाली हात्तीको सबैभन्दा ठूलो घरमध्ये एक थियो । तर अवैध चोरी शिकारी र बासस्थान नास हुँदै जाँदा हात्तीको संख्या चिन्ताजनक स्तरमा ओर्लिएको पाइएको छ । पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.