Home » समाजवादी मोर्चाको बैठक दिउँसो बस्दै, के–के छन् एजेन्डा ?
चारदलीय समाजवादी मोर्चाले आगामी कार्यक्रम र योजनालाई अन्तिम रूप दिन सचिवालयको बैठक बोलाएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको शीर्ष नेताको बैठकमा काठमाडौँका सहित सातै प्रदेशमा बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।साथै मोर्चामा नेकपा(मसाल)लाई ल्याउने सहमति गरेको थियो । सचिवालयको बैठक आइतबार दिउँसो ४ बजे नेकपाको कार्यालय बुद्धनगरमा बस्ने विप्लवका सहयोगी अडिग बोगटीले जानकारी दिए ।बोगटीका अनुसार कार्यक्रमको कार्यसूची, मिति घोषणा, भित्ते लेखन, ब्यानर प्रचार, मुखपत्र लेखन लगायत विषय टुंगो लाग्नेछ । मोर्चामा सहभागी हुन एमालेसहित वामपन्थी दलहरूलाई आग्रह हुने उनले बताए ।‘आजको बैठकले मोर्चाले अन्तरक्रियाको कार्यक्रमसहित एमाले लगायत दलहरूलाई मोर्चामा आउन आग्रह हुनसक्छ । नेकपा(मसाल) लाई मोर्चामा ल्याउने विषयमा सहमति भएको छ’, बोगटीले बताए ।यद्यपि माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो सरेकाले बैठक बस्ने/नबस्नेबारे अनिश्चित देखिएको छ । पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.