Home » सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुल्यो
काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनका दुई छोरीहरु छन् ।ईश्वरी श्रेष्ठ र उनका छोरीहरु ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया शिवानी श्रेष्ठ आफ्नो डेरामा मृत अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका उनीहरु नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए । भुइँतलाको डेरामा मृत भेटिएका आमा र बच्चाको टाउकोमा चोट लागेको छ ।घरेलु हतियार प्रहार गरेर उनीहरुको हत्या भएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.