Home » अवैध लागु औषधसहित १४ जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कास्कीसहितका स्थानबाट उनीहरु पक्राउ परेका हुन् । कास्की- पोखरा महानगरपालिका-३० पावरहाउस स्थितबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ ग्रामसहित मकवानपुर हेटौडा उपमहानगरपालिका-१८ हरमाडी बस्ने २९ वर्षीय भिम बहादुर घलानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग.१ ख ६०४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.