Gundruk Online
Saturday, March 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » जातीय विभेद उन्मुलन दिवसमा जनजागरण कार्यक्रम सम्पन्न

जातीय विभेद उन्मुलन दिवसमा जनजागरण कार्यक्रम सम्पन्न


जातीय विभेद उन्मुलन दिवसमा जनजागरण कार्यक्रम सम्पन्न

सुदिप राउत लहान ८ चैत ।५८औं अन्र्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा आज सिरहाको लहानमा जनजागरण सभा सम्पन्न भएको छ । राष्ट्रिय दलित मुक्ति जागरण अभियानले आयोजना गरेको कार्यक्रममा हजारौ सहभागीहरुको ¥याली बजार परिक्रमा गरि सभामा परिणत भएको थियो ।
अभियानका केन्द्रिय संयोजक राजेश विद्रोहीले विभेद विरुद्धको दिवसनै विभेदमा परेको भन्दै समाजमा विद्यमान जातीय विभेद तथा छुवाछुतका अवशेष अहिले पनि बाँकी नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहासदेखि दलित समुदायमाथि गरिदै आएको पशुतुल्य अमानवीय विभेदको विरुद्धमा आजको युगको गैर दलित पुस्ताले आफ्नो पुर्खाहरुले गरेको गल्ती कमिकमजोरीहरुको क्षतिपुर्ती बापत दलित मुक्ति र अधिकारको लागि सबैभन्दा बढी झण्डा बोकेर आन्दोलित हुनुपर्ने आजको आवश्यक्ता र दायित्व हो ।”
कार्यक्रममा सुबोध गौतम, प्रकास अनुराग, सुधा साह, कामेश्वर प्रदेशी लगाएतका राष्ट्रिय कालाकारहरुको उपस्थिति रहेको थियो । कलाकारहरुले आफ्नो कला मार्फत जातीय विभेद तथा छुवाछुतलाई समाजबाट हटाउनुपर्नेमा जोड दिएका थिए ।
खासगरि पछिल्लो समय ऐन, कानुन र सार्वजनिक प्रतिबद्धताअनुरुप सामाजिक जागरणका क्रियाकलाप अगाडि नबढ्दा विभेदका घटनाहरु भइरहेका छन् । बढ्दो जातीय विभेद तथा छुवाछुतको घट्नाले बहसलाई फेरि नयाँ ढङ्गले अगाडि बढाउँदै राज्यबाटै हस्तक्षेपकारी भूमिका जरुरी रहेको सामाजिक अगुवाको भनाई छ ।
अभियन्ता अर्जन थपलिया व्यवस्था बदलिए पनि मानसकिता नबदलिएका कारण अहिले पनि वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय आधारमा नेपाली समाजमा विभेद जीवित रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,“संविधान, कानुन र ऐन छन् तर कार्यान्वयन हुँदैनन् । असन्तुलित सामाजिक शक्ति सन्तुलनको संरचनाले नै राज्यको उपस्थिति र भूमिकालाई पनि प्रभावित गरिरहेको छ । कमजोर वर्ग समाजमा अधिकारविहीन छन् ।” उहाँका अनुसार व्यवस्था परिवर्तन भएपनि मानिसको व्यवहारमा परिवर्तन हुन सकेको छैन ।
नेपालमा जातीय विभेद तथा छुवाछुत कानुनीरुपमा वर्जित छ । तर पनि जातीय भेदभाव तथा छुवाछुतका कारण हुने अमानवीय व्यवहार अहिले पनि रोकिएको छैन । अझ जातीय, भौगोलिक उत्पीडन र विभेदको चर्को विरोध गर्दै समावेशीता र संघीयताको सबैभन्दा बढी वकालत गर्ने मधेस प्रदेशमा नै जातीय विभेद तथा छुवाछुतका घटना डरलाग्दो रहेको सरोकारवालाको भनाइ छ ।
सन् १९५९ मार्च २१ मा दक्षिण अफ्रिकाको तत्कालीन गोरा सरकारले काला जाति माथि दमन गर्न रङ्गभेदी नीति लागू गर्दा भएको विरोध प्रदर्शनमा ६९ जनाको मृत्यु भएको सम्झनामा सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्र्तराष्ट्रिय महासन्धी पारित गरे यता हरेक वर्ष मार्च २१ मा यो दिवस मनाउने गरिएको हो । नेपालले सन् १९७१ मा सो महासन्धीलाई अनुमोदन गरेको थियो ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.