Home » आगामी आर्थिक वर्ष सरकारले १८ खर्बको बजेट ल्याउने
आगामी आर्थिक वर्ष २०८१–८२ को अनुमानित बजेटको आकार घोषणा भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका हुन् । शुक्रबार मन्त्रालयमा बजेट र बजेट संशोधनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेटको सिलिङ दिएको बताए । राष्ट्रिय योजना आयोगको सिलिङ भित्र रहेर सरकारले आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.