Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » लुम्बिनीमा ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ : पर्यटन विकासमा कस्तो पर्छ प्रभाव ?

लुम्बिनीमा ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ : पर्यटन विकासमा कस्तो पर्छ प्रभाव ?


लुम्बिनीमा ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ : पर्यटन विकासमा कस्तो पर्छ प्रभाव ?
 लुम्बिनी प्रदेश सरकारको आयोजनामा रुपन्देहीको लुम्बिनीमा हुने चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ तयारी तीव्र पारिएको छ । फागुन २८ र २९ मा हुने सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेताहरू सहभागी हुँदैछन् । नेपालमै पहिलोपटक हुन लागेको सम्मेलनको तयारी तीव्र बनाएको आयोजक पक्षले जनाएको छ ।अमेरिकामा सचिवालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित ९ जना रहेका छन् । उनै सत्यार्थीले यो सम्मेलनको संयोजन पनि गरिरहेका छन् । बालबालिकामाथि हुने सबै खाले विभेद अन्त्य गर्न साझा अवधारणा बनाएर बालबालिकाको विकास, संरक्षण र शान्तिको सन्देश दिने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।सङ्घीय सरकारको स्वीकृति र मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश सरकारको आयोजना र व्यवस्थापनमा फागुन २८ देखि २९ गते (मार्च ११ देखि १३) सम्म लुम्बिनीमा शिखर सम्मेलन हुन लागेको लुम्बिनी मुख्यमन्त्री कार्यालयका सचिव एवं  कार्यक्रम  प्रदेश संयोजक सुमन घिमिरेले रातोपाटीलाई बताए ।सम्मेलनको तयारीबारे आवश्यक परामर्श गर्न मुख्यमन्त्रीसहित प्रदेश सचिव राधिका अर्याल लगायतको टोली काठमाडौँ पुगेको छ । टोलीले प्रधानमन्त्रीसहित अर्थ र गृहमन्त्रीसँग भेटघाट गर्नेछ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा पहिलोपटक हुन लागेको सम्मेलन सफल पार्न चुनौतीपूर्ण भएकाले व्यवस्थापनमा विशेष ध्यान दिनुपरेको बताए ।‘भारतमा प्रवीण मुखर्जीले राष्ट्रपति भवनमा यो सम्मेलन गर्नुभएको थियो । नेपालमा हामीले काठमाडौँबाहिर गरिरहेका छौ । त्यसैले सम्मेलन सफल पार्न धेरै विषयमा ध्यान दिनुपर्ने हुन्छ’, मुख्यमन्त्री चौधरीले रातोपाटीसँग भने, ‘यसकारण पनि सङ्घीय सरकारसँग समन्वयन गरेर काम गरिरहेका छौ ।’परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित १३ सदस्यीय व्यवस्थापन समिति र प्रदेश सरकारका मन्त्रीहरू सहभागी विभिन्न उपसमितिको जिम्मेवारीमा छन् । प्रदेशका कार्यक्रम संयोजक एवं मुख्यमन्त्री  कार्यालयका  सचिव सुमन घिमिरेका अनुसार ती पाहुनाहरूको टिकटक, आवास र सुरक्षाका लागि गृह मन्त्रालयसँगको समन्वयनमा भइरहेको छ ।सम्मेलनमा नौ जना नोबेल विजेता सहभागिता हुनेछन् । विश्वकै प्रतिष्ठित नोबेल शान्ति पुरस्कार विजेताहरू सन् २०१५ का अब्देससतार वेन मौसा र विदेद बुसामावुई, २०१४ का भारतका कैलाश सत्यार्थी, २०१३ का विजेता एरी वार्सल, २०११ का विजेताद्वय लेहम बोवी र टवाको कम्र्यान, सन् १९९७ का जोडी विलियम्स, १९९६ का जोजे रामोस ओर्टा र १९९३ का नोबेल शान्ति पुरस्कार विजेता रिचर्ड रोबर्ट्स सहभागी हुनेछन् । उनीहरूको संयोजन  भारतका कैलाश सत्यार्थीले गरेका छन् । सम्मेलन सम्पन्न गर्न प्रदेश सरकारले ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सम्मेलनका क्रममा लुम्बिनी प्रदेशको विकास, सम्भावना र स्रोतको व्यवस्थापनबारे विकासोन्मुख राष्ट्रका प्रतिनिधिहरूसँग प्रदेश सरकारको छुट्टै नीतिगत छलफल गर्नेछ ।लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलनस्थल लुम्बिनी छनोट गर्नुमा विश्वमै शान्तिस्थल भनेर चिनिएकाले तय गरिएको बताए । शान्ति र करुणाको सन्देश दिने ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक स्थल लुम्बिनीको ब्रान्डिङ गर्न यो सम्मेलन साधक हुने मुख्यमन्त्री चौधरीको विश्वास छ ।‘नेपालको आर्थिक विकासमा विकास साझेदारहरू लुम्बिनी खोज्दै आउने वातावरण तयार हुनेछ  । उनीहरूले थप लगानी गर्ने छन् । त्यसबारेमा सम्मेलनमै विभिन्न सेसन चल्नेछन्’, उनले मुख्यमन्त्री चौधरीले भने, ‘लुम्बिनीलाई विश्व बजारमा ब्रान्डिङ गर्ने मुख्य उद्देश्य सम्मेलनको मुख्य उद्देश्य हो ।’ उनले  नेपालको आर्थिक विकास र लुम्बिनीको पर्यटन विकासमा सम्मेलनले दीर्घकालीन योगदान गर्ने दाबी समेत गरे ।सम्मेलनमा आउने नोबेल पुरस्कार विजेताहरूलाई लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराउने योजना रहेको पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी निर्देशक राजु जोशीले बताए । ‘पाल्पा, प्युठानको स्वर्गद्वारी र बर्दियाका केही स्थानको भ्रमण गराउने तयारी छ ।  नोबेल विजेतासँग नेपाली तथा अन्तर्राष्ट्रिय मिडियाकर्मीहरू पनि लैजाने योजना छ’, अध्यक्ष जोशीको भनाइ छ ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.