Gundruk Online
Monday, December 8, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » नेपालविरुद्धको तेस्रो खेलमा क्यानडाको ३५ ओभरमा ४ विकेट गुमाएर १२८ रन

नेपालविरुद्धको तेस्रो खेलमा क्यानडाको ३५ ओभरमा ४ विकेट गुमाएर १२८ रन


नेपालविरुद्धको तेस्रो खेलमा क्यानडाको ३५ ओभरमा ४ विकेट गुमाएर १२८ रन
 एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी नेपालविरुद्धको तेस्रो तथा अन्तिम खेलमा भ्रमणकारी टोली क्यानडाले ३५ ओभरमा चार विकेट गुमाएर एक सय २८ रन बनाएको छ । क्यानडाका पाँचौँ नम्बरका ब्याट्सम्यान हर्ष ठाकेर २८ र छैटौँ नम्बरका ब्याट्सम्यान निखिल दत्त ११ रन बनाउँदै क्रिजमा छन् । क्यानडाको पहिलो विकेट हेमन्त धामीले लिएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै विकेट लिएका हुन् । उनले यही खेलमार्फत सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका हुन् ।  हेमन्तले क्यानडाका ओपनर ब्याट्सम्यान एरोन जोन्सनलाई चार रनको ब्यक्तिगत स्कोरमा देव खनालद्वारा क्याच गराएका थिए । २.४ ओभरमा जोन्सन आउट हुँदा भ्रमणकारी टोली क्यानडाले सात रन बनाएको थियो ।क्यानडाको दोस्रो विकेट आकाश चन्दले लिएका थिए । उनले क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान श्रीमन्था विजयरत्नेलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि विजयरत्नेले २८ बलमा दुई चौकाको मद्दतले २२ रन बनाएका थिए । १४ औँ ओभरको अन्तिम बलमा विजयरत्ने आउट हुँदा क्यानडाले ५५ रन बनाएको थियो । क्यानडाको तेस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका चौथो नम्बरका ब्याट्सम्यान निकोलस किर्तनलाई तीन रनको ब्यक्तिगत स्कोरमा भीम सार्कीद्वारा क्याच गराएका थिए । १८.१ ओभरमा निकोलस किर्तन आउट हुँदा क्यानडाले ७४ रन बनाएको थियो । क्यानडाको चौथो विकेट ललित राजवंशीले लिएका थिए । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाललाई ५० रनको ब्यक्तिगत स्कोरमा आउट गरे । ललितले नवनितलाई आकाश चन्दद्वारा क्याच गराएका थिए । अर्धशतकीय पाली खेल्ने क्रममा नवनितले ८२ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । २७औँ ओभरको अन्तिम बलमा नवनित आउट हुँदा क्यानडाले एक सय एक रन बनाएको थियो । शृंखलाको तेस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको हो । यसअघि नेपाल शृंखलाको पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

थारु समुदायमा घोर्वा पूजा

थारु समुदायमा घोर्वा पूजा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.