नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरू भएको छ । राष्ट्रिय सभागृह भृकुटी मण्डपमा बसेको बैठकमा केही पदाधिकारीहरूले आप्mना भनाइ राखेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष रूपान्तरण अभियानमा इन्चार्जहरूले पेस गरेको समिक्षात्मक रिपोर्टमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।आइतबार बसेको बैठकमा १० प्रदेशका इन्चार्ज, अध्यक्ष र केन्द्रीय निकायका प्रमुखहरूले रिपोर्टिङ गरेका थिए । आजको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीति, अन्तर्राष्ट्रिय परिस्थिति लगायत विषयमा ब्रिफिङ गराउने केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए ।स्थायी समितिले गरेको निर्णय तथा विधान अधिवेशनमा पेस गर्ने एजेण्डा अनुमोदन गरी बैठक समापन हुने शर्माले बताए । केन्द्रीय समिति बैठकअघि माओवादीको पदाधिकारी बैठक बसेको थियो ।






