Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » राजनीतिक हस्तक्षेपले धराशायी बनेको गोरखकाली रबर उद्योग, पुनः सञ्चालन कति सम्भव ?

राजनीतिक हस्तक्षेपले धराशायी बनेको गोरखकाली रबर उद्योग, पुनः सञ्चालन कति सम्भव ?


राजनीतिक हस्तक्षेपले धराशायी बनेको गोरखकाली रबर उद्योग, पुनः सञ्चालन कति सम्भव ?

 यातायातका साधन बढ्दै गएपछि तत्कालीन सरकारले स्वदेशमै टायर उत्पादन गर्ने लक्ष्य अनुसार गोरखकाली रबर उद्योग स्थापना गर्‍यो । २०४१ मा गोरखाको मजुवा देउरालीमा तत्कालीन राजा वीरेन्द्रले शिलान्यास गरेको उक्त उद्योग २०४८ मा निर्माण सम्पन्न भयो ।२०४९ सालदेखि टायर उत्पादन थालेको उद्योग २०७५ माघ ३ देखि पूर्ण बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले बैठकले गर्‍यो । अहिले रबर उद्योग पुनः सञ्चालन गर्ने सरकारले घोषणा गरेको छ । तर पुरानै प्रविधिबाट उद्योग चल्न नसक्ने जानकारहरू बताउँछन् ।‘त्यो बेला विभिन्न कारणले उद्योग बन्द भयो । प्रमुख कारण नियुक्तिमा भएको राजनीतिकरण नै हो,’ सो उद्योगका तत्कालीन महाप्रबन्धक विनोदकुमार तिवारीले रातोपाटीसँग भने, ‘हाम्रो प्रविधि पनि पुरानो भइरहेको थियो । अब सरकारले चलाउने हो भने प्रविधि फेर्नुपर्छ ।’विभिन्न समयमा गरिएका अध्ययनले ३ अर्ब लगानी गर्दा आधुनिक बनाउन सकिने र १ अर्बमा पुरानै अवस्थाबाट चलाउन सकिने निष्कर्ष निकालेको छ । तत्कालीन समयमा नेपालको ४० प्रतिशत टायरको बजार गोरखकाली रबर उद्योगले ओगटेको थियो ।‘विदेशका नामी टायरसँग प्रतिस्पर्धा गर्न सकेको थियो । गोरखकाली टायर भनेपछि भुतुक्क हुन्थे । उत्पादन नहुँदा पनि पर्खाइमा बस्थे,’ तिवारीले भने, ‘टायर पुर्‍याउन नसक्ने अवस्था थियो ।’ उनले सो उद्योग फेरि चलाउन सके देशको व्यापार घाटा कम हुने र विदेशसम्म निर्यात गर्न सकिने बताए ।उद्योग चलाउन चिनियाँ कम्पनीहरूले पनि चासो देखाएका छन् । ‘२ पटक आएर हेरे । मेसिनहरू हेरे । टेक्नोलोजी पुरानो हो, नयाँ टेक्नोलोजी अनुसार चलाउनुपर्छ भनेर गएका छन्,’ गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले भने, ‘मेसिनहरू ड्यामेज भएको छैन तर मेन्टेनेन्स गर्नुपर्ने अवस्थामा छ ।’ यद्यपि यही टेक्नोलोजीबाट बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको उनले बताए ।सरकारले उद्योगमा कार्यरत २ सय ८० कर्मचारीलाई २०७६ फागुनमा ९६ करोड रुपैयाँ दिएर हटाएको थियो । उद्योग खुलेपछि नियमित ४ सयभन्दा बढीले रोजगारी पाएका थिए । अहिले सुरक्षा गार्डको भरमा मात्रै सो उद्योग छ । उद्योग मातहत झन्डै १० अर्ब बराबरको सम्पत्ति छ । दैनिक मर्मत र हेरचाह नपुग्दा भवन र संरचनाहरू जीर्ण बन्दै गएका छन् ।चीन सरकारको सहयोगमा बनेको उद्योग सार्वजनिक निजी साझेदारीमा चलेको हो । यसमा नेपाल सरकारको ३८ प्रतिशत, स्थानीयको २१ र विभिन्न बैंक तथा वित्तीय संस्थाको समेत लगानी थियो । उद्योगबाट ट्रकका लागि १२, जीप र भ्यानको ५ तथा कारको लागि ६ प्रकारका टायर उत्पादन हुन्थे । सो उद्योगको वार्षिक ५० करोडको कारोबार रहेको आर्थिक विवरणहरूमा उल्लेख छ ।रबर उद्योगबाट उत्पादित पहिलो टायर मन्दिर बनाएर सजाइएको छ । ‘विश्वलाई देखाउने टायर हामीले उत्पादन गर्थ्यौँ । तर अहिले मन्दिरको चौघेरामा सिङ्गो फ्याक्ट्री बन्धक छ,’ रानाले भने, ‘कमजोर व्यवस्थापन, देशको राजनीतिक परिवेश तथा प्रविधिका कारण यस्तो समस्या आएको हो ।’२०५६ सालमा रकम नभएर उद्योग बन्द गरिएको थियो । पछि सरकारले रकम सहयोग गरेर पुनः सञ्चालन गरिएको हो । सो उद्योगका पूर्व कर्मचारीहरूका अनुसार २०५३ सालतिर एकपटक फाइदामा गए पनि त्यसपछि फाइदा भएन ।वार्षिक ८८ हजार टायर निकाल्ने उद्योगको क्षमता रहे पनि पूरै क्षमतामा उद्योगले कहिल्यै उत्पादन गरेन । पूर्ण क्षमतामा चल्न नपाएकै कारण नाफा हुन नसकेको उनीहरूको भनाइ छ । उद्योगबाट बर्सेनि ५४ हजार टायरमात्रै उत्पादन भएको पूर्वकर्मचारीहरुको भनाइ छ ।विज्ञहरूका अनुसार गोरखकाली बायोसटायर टेक्नोलोजीको उद्योग हो । यसमा नाइलन हुन्छ । अहिले रेडियल टायर उद्योग सञ्चालनमा आइसकेका छन् । गोरखकाली रबर उद्योगबाट उत्पादित टायर भारतसँगै बंगलादेश, श्रीलंकासम्म निर्यात हुन्थ्यो ।पालिकाकी उपमेयर सपना पुनले उद्योग सञ्चालनका लागि पालिकाबाट सम्भव नभएको बताइन् । ‘हाम्रो क्षमताले उद्योग चल्दैन । विभिन्न कम्पनी र विज्ञहरू आएर हेरेर गएका छन् । तर निष्कर्ष केही निस्किएको छैन,’ उनले भनिन्, ‘हाम्रो तर्फबाट सम्बन्धित निकायमा समन्वयचाहिँ गरिरहेका छौँ । उद्योग चलाउनुपर्छ भनेर भनिरहेका छौँ ।’ उद्योगबारे नगरपालिकामा कुनै विवरण नरहेको उनले बताइन् ।उद्योग ६ सय ६८ रोपनीमा फैलिएको छ । त्यसबेला १ करोड १४ लाखमा जग्गा अधिग्रहण गरिएको हो । २०७२ को भूकम्प आएपछि उद्योगको चेकजाँच गरिएको थियो । त्यो बेलामा पनि उद्योगमा कुनै समस्या थिएन । सशस्त्र द्वन्द्वमा मजदुर युनियनले बढी असर गरेको जानकारहरू बताउँछन् । ‘कतै आन्दोलन हुँदा माओवादीले मजदुर लिएर जान्थे । मजदुरले उद्योगमा आन्दोलन गरेर बन्द भएको चाहिँ होइन । यहाँका मजदुरहरू अन्यत्र गएर उद्योग बन्द भएका पनि थिए,’ एक कर्मचारीले भने ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट निर्वाचन लड्दा घोषणापत्रमा रबर उद्योगको पुनर्स्थापना गर्ने एजेन्डा राखेका थिए । अहिले उनैले बन्द उद्योगहरू चलाउने बहस अघि सारेका छन् । सरकारले गोरखकाली रबर उद्योगसँगै हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना पुनःसञ्चालनको घोषणा गरेको हो । यसका लागि उच्चस्तरीय अध्ययन समितिसमेत गठन गर्न लागिएको छ । गण्डकी प्रदेश सरकारले पनि नीति तथा कार्यक्रममा रबर उद्योग सञ्चालनलाई उल्लेख गर्दै आएको छ । रबर उद्योग र भृकुटी कागज कारखाना गण्डकी प्रदेशभित्रै पर्छन् । भृकुटी कागज कारखाना पनि बन्द अवस्थामा छ ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.