Gundruk Online
Sunday, September 20, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » एमालेले सरकार बदल्न छलफल गरिरहेको छ: ज्ञवाली

एमालेले सरकार बदल्न छलफल गरिरहेको छ: ज्ञवाली


एमालेले सरकार बदल्न छलफल गरिरहेको छ: ज्ञवाली
 नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार परिवर्तनको समय आएको बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिलेको सरकारले जनतामा निराशा मात्रै थपेकोले यो सरकारको विकल्प खोज्नुपर्ने बेला आएको बताएका हुन् । सरकार बदल्नका लागि एमालेले विभिन्न दलहरूसँग छलफल गरिरहेको पनि ज्ञवालीले जानकारी दिए । ‘अब सरकार बदल्नु अपरिहार्य छ । तर बदल्ने बाटो भनेको संसद् भित्रको अंकगणित नै हो । एमालेले चाहेर मात्रै सरकार बदलिने अवस्था छैन, हामी अंकगणितमा पछाडि छौँ । हाम्रो संसद्को अंकगणित परेसान गर्ने खालको छ,’ उनले भने, ‘हामीले विभिन्न दलहरूलाई अपिल गरिरहेका छौँ । देशको यस्तो स्थितिमा पनि दुख्दैन भने लज्जास्पद भयो । अर्थतन्त्र बिग्रेको बनाउन सकिएला, तर देश बन्दैन भन्ने जुन भाष्य बनेको छ, देश छोड्ने अवस्था बनेको छ उनीहरूलाई फर्काउन गाह्रो पर्छ । यो अवस्थाप्रति जिम्मेवार बनौँ भनेर आग्रह गरेका छौँ ।’एजेन्डा मिल्ने दलहरूसँग सहकार्य गरेर जाने उनले बताए । ‘देशको समस्याबारे जुन दल जिम्मेवार हुन्छ हामी एजेण्डाबेस सहकार्यको पक्षमा छौँ । यत्तिकै एकथान सरकार फेरेर नयाँ सरकार बनाउँदैमा कुनै अर्थ हुँदैन । मुलुकका समस्याको समाधान गर्ने विकल्प सहित लाग्नुपर्छ,’ उनी भन्छन्, ‘हामीले एजेण्डाहरु पठाएका छौँ, एजेन्डा मागेका छौँ ।’ उनले कांग्रेस र माओवादीबिच अव भिन्नता नरहेको तर्क पनि गरे । ‘कांग्रेसको माओवादीकरण भएको हो कि माओवादीको कांग्रेसकरण भएको हो भन्ने छुट्टाउनै गाह्रो छ,’ अघि भने, ‘शेरबहादुर देउवाको अनुहार हेर्दा प्रचण्ड प्रचण्ड जस्तो देखिनुहुन्छ । प्रचण्डको अनुहार हेर्दा शेरबहादुर शेरबहादुर जस्तो देखिनुहुन्छ । यति सारो मिल्ती हुने रहेछ । ५२ सालमा मिलेको भए १७ हजार मान्छेको ज्यान जाने थिएन ।’उनले वर्तमान नेतृत्वले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकोप्रति कटाक्ष गरे । ‘सुन तस्करी खोज्दै गयो महराको नाम आउँछ, भरिया समातेर अरूले उन्मुक्ति पाउँछन् । ललिता निवास खोज्दै गयो, बाबुराम र माधव नेपालको ढोकामा पुगेपछि रोकिन्छ,’ उनी भन्छन्, ‘अहिले बाँसबारी जग्गाको प्रकरण आएको छ, छुटाउन राजनीतिक दलहरूले दबाब दिइरहेका छन् । भ्रष्टाचार विपक्षीलाई तर्साउने साधन जस्तो भएको छ । भ्रष्टाचारीको पार्टी हुँदैन, विचार, रङ्ग, जात हुँदैन । यसरी गए पो निष्कर्षमा पुगिन्छ ।’ अदालतको परमादेश मार्फत एमालेलाई सरकारबाट हटाएपछि देश ओरालो लागेको ज्ञवालीको तर्क छ ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.